आजका बालबालिका प्रति अभिभाबकको कर्तब्य

रजनी मल्ल,
न्यु जर्शी, अमेरिका ।

परिवार साथीभाइको साथमा रहेर पनि के तपाईका छोराछोरीले एक्लोपनको महशुस गरिरहेका छैनन् रु हो कहिलेकाही आमाबाबुलाई थाहा नै हुदैन आफ्ना छोराछोरीले के भन्न खोजिरहेका छन् रु उनीहरुले के को कमि महशुस गरिरहेका छन् रु उनीहरु के चाहन्छन ?

पहिले पहिले हाम्रो समाजमा धेरै जसो सयुक्त परिवार हुन्थ्यो तसर्थ बाल बालिकाहरु ले सधै जसो आफ्ना दाजुभाई दिदी बहिनी मात्रै नभएर परिवारका अन्य आफ्नै उमेरका सदस्य हरुसंग पनि खेल्ने, घुम्ने, पढ्ने, रमाउने मौका पाएका हुन्छन । त्यतिखेर अहिले जस्तो एउतै कोठा भित्र रहे पनि हरेक जसो आफ्नो मोबाइल मा त कोहि ल्याप टप मै ब्यस्त हुने कसैले कसैसंग त्यति कुरै नगर्ने बातावरण थिएन। त्यतिखेर स्कुल जादा पनि सगैजसो एउतै स्कुलमा जाने आउने खेल्दा पनि सबैजसो संगै चोकमा त चौरमा तेलकासा लुकामारी घोइकाषा जस्ता सबै मिलेर खेल्ने खेलहरु खेल्ने गर्थे तसर्थ उनीहरुलाई एक्लोपनको महशुस कमै हुन्थ्यो तर अहिलेको हाम्रो समाजमा सयुक्त परिवार भन्दा एक्लो परिवार बढी छन्।

त्यसमा पनि कुनै कुनै बालबालिकाका कसैका आमा त कसैका बुवा कामका शिलशिलामा बिदेशिएका हुन्छन जसले गर्दा अदृश्य रुपमा कसैलाई आमाको त कसैलाई बुवाको अभाब खत्किराखेका हुन्छन नै। कतै आमाबाबुको व्यस्तताले गर्दा त कतै रोजगारीको अवसरको खोजीले विदेशतिर भौतारिदा आफ्ना सन्तानलाई समय दिनसकिरहेका हुदैनन्। अभिभाबक बिनाको बालबालिकाले समाजमा कस्तो किसिमको समस्या झेलिराखेका हुन्छन र उनीहरुको मनस्थिति कस्तो हुन्छ ? भबिस्यमा यसको असर कस्तो पर्छ भन्ने बारेमा पनि सोच्नु आवश्यक छ। थाञ्छन आफ्ना सन्तानका भबिस्यका लागि त हौ नि हामी ब्यस्त भैराखेका। हुन पनि हो कहिले काही बाध्यताको अगाडी कसको के लाग्छ ररु तर अहिले नै आफ्ना सन्तानलाई समय दिन सकिंदैन,भने हामीसंग भबिस्यमा न त उनिहरुसंग बिताएका ति रमाइला रमाइला क्षणहरु को सम्झना हुन्छ न त उनिहरुसंग नै। ठुला भै सकेपछि उनीहरु आफ्नै दुनियामा हुन्छ हामी आफ्नै। यी सबै कुराहरु हामी अभिभाबकहरुले अहिले नै बुझन सकिएन भने त्यो भबिष्य के का लागि ? आफैले नै यो संसारमा ल्याएका आफ्ना सन्तानको रेखदेख र संरक्षण गर्नु कुनै पनि अभिभाबकको कर्तब्य हुनआउँछ नै ।

तसर्थ अहिले नै हाम्रा बाल बालिकाहरु लाई आफुले सक्दो समय दिनुपर्दछ, जुन अहिले उनीहरुलाई खाचो छ । अहिले नै हामीले हाम्रा बाल बालिकाहरु कस्ता क्रियाकलापमा लागिरहेका छन्रु उनीहरु सहि बाटोमा लागिरहेका छन् कि छैनन् ? उनीहरु खुशी छन् कि छैनन्रु उनीहरु कुनै पनि समस्या संग संघर्ष गरिराखेका त छैनन् रु भन्ने कुरालाई ध्यान दिनु आवश्यक हुन्छ। अर्को कुरा, सबै बाल बालिकाहरुको बुझ्ने, सम्झने, सिक्ने क्षमता समान हुदैन। कसैको दिमाग छिटो चल्छ त कसैको बिस्तारै। तसर्थ आफ्ना बाल बालिकालाई अन्य बाल बालिकाको बुझ्ने, सम्झने, सिक्ने क्षमता संग तुलना गरेर गाली गर्ने होच्याउने गर्नु हुदैन। यसले उनीहरुको मानसिकतामा नराम्रो असर पर्न सक्छ भनेर पनि बुझ्नु आवश्यक छ। बरु उनीहरुको क्षमताको आधारमा बुझाउने, सिकाउने, सम्झाउने प्रयास गर्नुपर्दछ, जसले गर्दा उनीहरुले कहिल्यै आफुलाई कम्जोर ठान्न नपरोस।
हाम्रा बाल बालिकाहरु कहिले काही कुन ठिक कुन बेठिक छुटाउन नसकी अलमलमा परिरहेका हुन्छन, त्यतिखेर उनीहरुमा धेरै कुराको जिज्ञाशा पनि हुन्छ। उनीहरुले कहिले काही कतिपय कुराहरु भन्न खोजिरहेका हुन्छन त्यतिखेर उनीहरुको कुरा सुनिदिने अनि उनीहरुलाई कुनै एउटा सहि दिशा देखाउने मार्गदर्शकको खाचो हुन्छ त्यो हो मुख्यतया अभिभाबक।

कहिले काही हाम्रा छोरा छोरी पहिले भन्दा कम बोल्ने, एक्लै बस्न रुचाउने, सानो सानो कुरामा पनि रिसाउने, स्कुल जान मन नगर्ने जस्ता क्रियाकलापहरु देखाएमा केहि कुरा ठिक छैन भनेर जान्नु पर्दछ। तसर्थ समय समयमा आफ्ना छोराछोरीको स्कुलमा गएर आफ्ना छोराछोरीको बारेमा पनि सोध्नु, कुरा गर्नुपर्दछ। कतै आफ्ना सन्तान बुलिंगको ९दगििथष्लन० शिकार त भैरहेका छैनन्रु आजकल हरेक जसो बालबालिकाको हातमा मोबाइल हुन्छ अनि घरमा कम्पुटर हुन्छ। आमा बुवालाई थाहा नै हुदैन उनीहरु ले ति साधनहरुको सहि तरिकाले प्रयोग गरिराखेका छन् कि छैनन्। कतै ति साधनको माध्यमबाट कसैलाई बुलिंग गरिराखेका छन् कि कतै उनीहरु नै बुलिंग्को को शिकार भै राखेका छन् कि ? कतै गलत साइतमा गैराखेका छन् कि ?

कहिले काही अभिभावकको अथक प्रयास हुदा हुदै पनि बाल बालिकाहरुले बिभिन्न कारणहरुले गर्दा कुनै पनि समस्या संग मानसिक रुपमा संघर्ष गरिरहेका हुन्छन त्यसमध्ये एउटा ठुलो समस्या अहिलेको संसारमा बिकराल रुपमा बढ्दै गैरहेको छ त्यो हो बुलिंग। बिशेष गरि कम्जोर व्यक्तिहरुमाथि बलिया व्यक्तिहरु मिलेर आफ्नो अधिनमा राखेर उसको इच्छा विरुद्ध का कामहरु गर्न लगाउने, उसलाई विभिन्न किसिमले हरेस्ट गर्ने ह्युमिलिएत गर्ने मात्रै नभएर शाररिक रुपमै आक्रमण गर्ने जस्ता क्रियाकलापहरु स्कूल देखि लिएर मानसिक रुपले साइबरको माध्यमबाट आक्रमण गर्ने सम्म पनि भैराखेका छन्, जसलाई साइबर बुलिंग भनिन्छ। जुन धेरै नै खतरनाक छ। विडम्बनाको कुरा के छ भने यस्ता बुलिंग को क्रियाकलापहरु अनि त्यसको शिकार भैराखेका हरुलाई कहिले काही न त परिवारले, न त स्कूलले, न त समाजले नै बुझन सक्छन। ति बुलिंग का हरेक क्षण हरु ले भबिस्यमा कहिल्यै नबिर्सिने गरि तिनीहरुको मनस्थितिमा गहिरो छाप छोडेको हुन्छ। फलस्वरूप कतिपय बाल बालिका किशोर किशोरी युवा हरुले आत्महत्या समेत गरिरहेका खबरहरु सुन्नमा आइरहन्छ। त्यतिमात्रै नभएर त्यहि बुलिंगको शिकार भैराखेका पिडितहरु नै भबिस्यमा एउटा अपराधी बन्न पनि बेर लाग्दैन। तसर्थ कुनै पनि अभिभाबक हरुले आफ्ना सन्तानहरुको हरेकक्रियाकलाप हरु लाई समय मै बुझ्नु आवश्यक हुन्छ। यदि उनीहरु कुनै पनि समस्या संग संघर्ष गरिराखेका छन् भने त्यसको समाधानका उपायहरु पनि अपनाउनुपर्दछ।

कुनै पनि व्यक्तिको पहिलो पाठशाला भनेको उसको घर हो, भने शिक्षक शिक्षिका अभिभाबक। तसर्थ हाम्रो समाज र रास्ट्रको भबिस्यको लागि एउटा इमान्दारी कर्मठ र सक्षम व्यक्ति को सिर्जना गर्ने कि एउटा समाजलाई अनि राष्ट्र लाई नै हानी गर्ने अपराधी मनोबृतिको व्यक्ति सिर्जना गर्ने त्यसमा अभिभाबकको साथै समाजको पनि हात हुन्छ। जहाँ सम्म मलाई लाग्छ कुनै पनि अभिभावकको उधेश्य आफ्नो सन्तानलाई एउटा सक्षम र जिम्मेदारी बहन गर्न सक्ने एउटा सच्चा इमान्दारी व्यक्ति बनाउने हो जुन अहिलेको यो संसारलाई आवश्यक छ।

हुन पनि हो कहिले काहि हामीले आफ्ना छोराछोरीलाई नै बुझन सक्दैनौ। बिशेष गरि जब उनीहरु किशोराबस्थामा प्रवेश गर्दछ त्यो समय कहिले काही धेरै गार्हो हुन्छ जे गर्दा पनि के नपुगेको कतै आफैले नबुझेको हो कि हुर्काउन नजानेको हो कि भनि दोधारको अवस्था पनि आउँछ आमा बुबालाई। तर त्यसो होइन त्यो समय नै त्यस्तै हो। हामीले आफ्नो त्यतिखेरको समयलाई बिर्सेको मात्रै हो। त्यतिखेर बढो धैर्यताका साथ उनीहरुलाई सम्झाउने प्रयास गर्नुपर्छ। अभिभाबक हरुले आफु जतिसुकै व्यस्त भए नि केहि समय आफ्ना छोराछोरीलाई दिनु आवश्यक हुन्छ। उनीहरु संग पढाई सम्बन्धि, साथीभाई सम्बन्धि, तथा अन्य बिषय सम्बन्धि साथीसंग कुरा गरे झैँ गरि कुरा गर्नुपर्दछ साथै उनीहरुको कुरा पनि सुन्नुपर्दछ। उनीहरुले भन्न चाहेको कुरालाई स्वतन्त्र रुपले भन्न दिनुपर्दछ। कहिले काही हामीलाई चित्त नबुझ्ने कुराहरु हुन सक्लान त्यतिखेर रिसाएर गाली गरेर कुटपिट गर्नु मुर्ख्याई हुन आउँछ बरु आफुलाई चित्त नबुझेको कुराको कारण अनि त्यसको परिणाम दर्शाई सम्झाई बुझाई गर्नुपर्दछ। कहिले काहि उनीहरुले भनेका कुराहरुलाई ठण्डा दिमागले सोच्नुपर्दछ। बालबालिकाले सकभर झुठो बोल्दैन।

कतै हाम्रो परम्परा देखि चलिआएको भन्दै आधुनिक परिवर्तनशील समाजलाई ध्यानै नदिकन बढी कट्टरपन देखाउदा पनि आफ्ना सन्तानले बन्देजको महशुस गर्छन भने हामी पनि आफ्ना सन्तानबाट टाढा हुदै जान बेर लाग्दैन। तसर्थ कुनै पनि कुराहरु परम्परा देखि चलिआएको भए नि अहिलेको परिस्थितिलाई सुहाउदैन र फाइदा पनि छैन भने त्यो कुराहरुमा बढी जोड दिनु ठिक हुदैन जस्तै जातिपाती, छुवाछुत, ठुलो सानोको भेदभाब जस्ता कुराहरुलाई त्याग्नु नै ठिक हुन्छ। तर हाम्रो परम्परा देखि चलिआएको राम्रा कुराहरु आफूभन्दा ठुलाको आदर गर्ने हामीलाई चिनाउने हाम्रो पहिचान संग सम्बन्धित हाम्रो संस्कृतिका कुराहरुलाई सिकाउने र यथावत राख्ने गरेमा उनीहरुले पनि आफ्नो संस्कृतिलाई भुल्ने छैन।

कुनै कुनै अभिभाबकहरु पेशागत रुपमा आफु जुन पहिचानबाट परिचित छन् समाजमा, आफ्ना सन्तान लाई पनि त्यहि पहिचानको बनाउन चाहन्छन जस्तै आफु डाक्टर भए आफ्नो छोरा छोरी पनि डाक्टर, आफु इञ्जिनिएर भए छोराछोरी पनि इञ्जिनिएर, आफु ब्यापारी भए छोराछोरी पनि ब्यापारी। तर छोरा छोरी के बन्न चाहन्छन त रु त्यो कुरालाई त्यति ध्यान दिदैनन। त्यो कुरालाई पनि ध्यान दिनु जरुरि छ अहिलेको समयमा, समाजमा। आफ्ना बाल बालिकाहरुलाई के गर्न मन लाग्छ जस्तै कसैलाई खाना बनाउने, कसैलाई पेन्तिग गर्ने कसैलाई गित गाउने कसैलाई नाच्ने जस्ता विभिन्न रुचिहरु हुन्छ त्यो अनुसार उनीहरुलाई मौका दिनुपर्दछ, यसो गर्दा उनीहरु खुशी हुनुका साथै उनीहरुलाई त्यस क्षेत्रमा सफलता प्राप्त गर्न पनि सजिलो पर्दछ।

आफ्ना छोराछोरीले गरेको राम्रो कामको प्रशंसा गर्नु, उपहार दिनुमा कन्जुस्याई गर्नु हुदैन अनि उनीहरुले गरेको सहयोगको लागि धन्यवाद दिनु पनि बिर्सनु हुदैन। यी शब्द अनि यी सकारात्मक प्रतिक्रियाहरुले उनीहरुको जिबनमा पछि सम्म राम्रो असर पार्दछ। त्यसको उदाहरण स्वरुप हामी आफै बाल बालिका हुदा हामीलाई राम्रो काम गर्दा आफ्ना अभिभाबक हरुले गरेको प्रशंसा अनि उपहार दिएका जस्ता कुराहरु हामी अहिले सम्म पनि सम्झन्छौ त्यसलाई लिन सकिन्छ। त्यस्तै गलत काम गर्छ भने त्यसको बिरोध गर्न पनि पछि पर्नु हुदैन। कहिले काही आफ्ना बालबालिकाहरुले गरेको क्रियाकलापहरु मागहरु यदि आफुलाई मन पर्दैन भने ूहुदैनू भन्न पनि सक्नुपर्छ। जे होस् उनीहरुलाई समय अनुसारको कुरालाई ध्यानमा राखी अनुशासित बन्न पनि सिकाउनुपर्छ।

त्यस्तै समय समयमा उनीहरुलाई घुमाउन लग्नु पर्दछ। घुमाउन लग्दा काहा जाने के गर्ने भनेर उनीहरु संग पनि सल्लाह लिएमा उनीहरुले आफूलाई पनि परिवारको एक महत्वपूर्ण सदस्य भएको महशुस गर्दछन। यसो गर्दा उनीहरुले पनि आफूलाई एक्लोपनको महशुस गर्दैनन् अनि हामीले पनि आफ्ना सन्तानलाई नजिकबाट निहाल्ने मौकाको साथै आफ्ना सन्तान नजिक भएको महशुस गर्ने मौका पाउँछौ। हामीले सकभर आफ्ना बाल बालिकाहरुलाई माया गर्छौ, हेरविचार गर्छौ भन्ने महशुस गराउनुपर्छ जसले गर्दा उनीहरु मायाको खोजीमा बाहिर भौतारिनु नपरोस र बाहिर नक्कली माया देखाई अनैतिक फाइदा लिने नराम्रा मानिसहरुको फन्दाबाट टाढा रहोस्। कतिपय बाल बालिकाहरु हराइरहेका त कतिपयका बिभत्स तरिकाले हत्या गरि फालिएका खबर हरु बरोबर सुन्नमा आइरहन्छ। तसर्थ आफ्ना बाल बालिकाहरुको हेरविचार र संरक्षण गर्नु अभिभाबकहरुको ठुलो कर्तब्य हुन आउंछ, पछि सानो एउटा गल्तीले गर्दा जिन्दगीभर पछुताउन नपरोस्।

तसर्थ हामी संसारको जुनसुकै ठाउमा रहेपनि आफ्ना छोराछोरीका लागि समय, ठाउँ अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भए नि उनीहरुको हाम्रो जिबनमा महत्वपूर्ण स्थान छ र हामी पनि सधै उनीहरका साथमा छौ र रहिरहने छौ भनेर उनीहरुलाई उनीहरु एक्लो कदापी छैन भनेर महशुस गराउनु नै आजको समयको माग हो।

eznepal-sidebar add

Rakshya Travel-sidebar