कलम सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

मनोहरि पाैडेल, भदाै २१ पोखरा । कलम सहकारी सस्थाको ९ अौ साधारण सभा तथा ४ अाै अधिवेशन सम्पन्न भएको छ ।
सहकारीको साधरणसभा उद्वघाटन गर्दे प्रदेश सभासद विन्दु कुमार थापाले सहकारीहरूले सहकारीका सात सिद्वान्तहरूलाई पालना गर्नुपर्ने बताउदै सहकारीहरूले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुेपर्ने बताए ।
कार्यक्रममा बुद्व बिशाल बजार ब्यापारिक एसोसियसनका अध्यक्ष तथा पोखरा उधोग वाणिज्य संघका सदस्य केशव खत्री स्वतन्त्र पत्रकार संघका केन्दिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला,पुस्तक तथा स्टेशनरी ब्यवसायी महा‌सघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटा  साघुमुख बजार समितिका अध्यक्ष सुर्यराज त्रिपाठी पोखरा उधोग वाणिज्य संघका पुर्व सदस्य देवकृष्ण काफ्ले  कोइरला  गुठीका उपाध्यक्ष फणिन्द्रराज कोईरला पुस्तक तथा स्टेशनरी ब्यवसायी समिति कास्कीका प्रचम उपाध्यक्ष बैकुण्ठ पौडेल श्रीपति बचतका अध्यक्ष राम्जी प्रसाद कोइरला ध्रुवतारा बचतका अध्यक्ष जगदीश गौतम कास्की बचत ऋण सहकारी संघका प्रवन्धक जगनाथ लामिछाने  लेखनाथ उधोग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघका केन्द्रिय सदस्य शिवराज बास्तोला लगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष ऋषिराम शर्मा भण्डारीले अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र घिमिरेले कोषाध्यक्षको प्रतिवेदन लेखा सयोजक गोविन्द गौतमले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन प्रसाद पोखरेलले गरेका थिए भने धन्यवाद ज्ञापन सहकारीका संस्थापक अध्यक्ष प्रेम वहादुर श्रेष्ठले गरेका थिए ।कार्यक्रम सन्चालन सहकारीका सचिव मनोहरि सापकोटाले गरेका थिए । कार्यक्रममा सहकारीका सात सिद्वान्त सह सचिव सुरेन्द्र ताम्रकार प्रस्तुत गरेका थिए । कार्यक्रममा एसईई र प्लस टु उत्रिण  सेयर सदस्यका छोराछोरीलाइ  सम्मान गरीएको थियो भने  उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरू बिक्रम गुरूङ, रविन्द्र नापित ,राजेन्द्र घिमिरे उत्कृष्ट कर्मचारीमा  सहकारीका ब्यवस्थापक सन्तोष लामिछानेलाइ सम्मान गरीएको थियो भने कलम सम्मान बाट स्वतन्त्र पत्रकार संघका केन्दिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई  सम्मान गरीएको थियो । सहकारीको ९ अौ साधारण सभा तथा ४ अाै अधिवेशनले आगामी एक वर्षको लागी पुरानै कार्यसमितिलाइ निरन्नत्रत्रा दिएको छ ।