यो आँखाको के भर …गीतमार्फत आए गायक रोशन गुरुङ

चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देश्ँनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पोखराका गायक रोशन गुरुङको स्वरमा रेकर्ड भएको ‘यो आ“खाको के भर भन्ने शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो । गीतका शब्दहरु शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन् । सहस शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन् । पोखरामा छायाँंकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन ्। सरोज अधिकारीले छायाँंकन गरेको भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेका छन झण्डै ५ बर्ष पछि पुन रोशन गुरुङ फेरी दर्शक माझ आएका छन ।

eznepal-sidebar add

Rakshya Travel-sidebar