मोदी बन्न सजिलो, ट्रम्प बन्न गाह्रो

काठमाण्डाै, २७ फागुन– श्रीमतीसँग सम्बन्धविच्छेद भएका कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको अग्रभागमा देखिए ।
गजुरेल अन्तर्राष्ट्रिय कमेडियन सूचीमा परेको उपलब्धि पनि चर्चित रह्यो ।

सीबीएस न्यूजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरेको छ ।

ट्रम्पको क्यारिकेचर गर्ने सोच कसरी पलाएको थियो ?
दुई वर्ष पहिले अमेरिका जाँदा साथीहरुले यो मान्छे अब कि त राष्ट्रपति बन्छ, नबने पनि सधैँ चर्चामा रहिरहन्छ, यसैले उसको क्यारिकेचर गर्ने तयारी गर्दा हुन्छ भनेर सुझाव दिए । नभन्दै उनी राष्ट्रपति चुनिएपछि चर्चामा रहे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचन गरेर विश्वभर चर्चा कमाएको थिएँ । नाकाबन्दीका कारण नेपालीले दुःख पाएको सन्देश विश्वभर फैलियो । भूमण्डीलीकरणको युगमा ट्रम्पको क्यारिकेचर गर्न सोच्नै परेन ।

ट्रम्प र मोदीको क्यारिकेचर गर्दा के फरक अनुभव भयो ?
पर्फमेन्स गरिसकेपछि त त्यस्तो फरक लागेन । तयारीका क्रममा भने भिन्नता रह्यो । मोदीभन्दा ट्रम्प बन्न बढी मिहिनेत गर्नुपर्यो ।

नेपाल साप्ताहिकबाट

eznepal-sidebar add

Rakshya Travel-sidebar