पाेखरा लेखनाथ महानगरपालिकाकाे दाेस्राे नगरसभा शुरु

फागुन २८ पाेखरा ।
पाेखरा लेखनाथ महानगरपालिका कार्यालयकाे दाेस्राे नगरसभा अाज साेमबारदेखी शुरु भएकाे छ ।
साेमबारदेखि शुरु सभा विशेषगरी कानुनमा केन्द्रित हुनेछ । विधायन समितिका संयाेजक शोभामोहन पौडेलले महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक साेमबार सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका सोमबारको सभामा पेश भएका छन् । पेश भएका विधेयक अध्ययनका लागि सभा अाउँदाे चैत्र ६ गते ११ बजेसम्मका लागि स्थगन गरिएकाे छ । अब सभाचैत्र ६ गतेगतेदेखि पुन सुचारु हुनेछ ।
समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य सदस्य हुनुहुन्छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar