राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निर्विरोध

फागुन २८, काठमाडौं । सङ्घीय संसदको माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको अध्यक्ष पदमा वाम गठबन्धनका तर्फबाट एमालेका गणेश तिमिल्सिना निर्विरोध चयन भएका छन् ।

सोमवार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्नका लागि निर्धारण गरिएको समयमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको समर्थनमा एमालेका तिमिल्सिनाको एकल उम्मेदवारी परेको थियो ।

नेपाली काङ्ग्रेसले उक्त पदका लागि उम्मेदवारी नदिएपछि तिमिल्सिना निर्विरोध चयन भएका हुन् । राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निर्विरोध चयन भएको घोषणा भने बुधवार राष्ट्रिय सभाको बैठकले गर्नेछ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar