नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा पुन: बुढा मगर निर्वाचित

प्रदिप परियार थापा, न्यूयोर्क – नेपाली अमेरिकन कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ। सुमन बुढा मगर पुन: अध्यक्षमा निर्वाचित भएकाछन् ।

अध्यक्ष पदमा भएको मतदानमा सुमन बुढा मगर (Suman Budhamagar) ले ३५ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी अभय ढुंगेलले २५ मत प्राप्त गरेका थिए। त्यसैगरी, महासचिव पदको निर्वाचनमा बिमल डाँगी (Bimal Dangi) ले ३६ मत ल्याएर बिजयी बने भने उनकी प्रतिद्वन्द्वी डेजी शेर्पाले २४ मत ल्याएकी थिईन्।उता, सचिव पदका लागि भएको मतदानमा सौरमराज तुलाधरले ३७ मत प्राप्त गरी बिजयी बने भने प्रतिद्वन्द्वी राजेन्द्र राईले २३ मत प्राप्त गरेका थिए।Image may contain: 4 people, people smiling, people standingImage may contain: 25 people, including Suman Budhamagar, people smiling, indoor

निर्विरोध निर्वाचित पदाधिकारीहरू मा वरिष्ठ उपाध्यक्ष निशा विश्वकर्मा, उपाध्यक्ष खड्गबहादुर (विक्की) पुलामी मगर, उपाध्यक्ष बसन्ती राई (Basanti Rai), उपाध्यक्ष गीता बिर्लाकोटी (Geeta Birlakoti), उपाध्यक्ष एट्ना कार्की (Etna Karki) र उपाध्यक्ष पार्वती राई, कोषाध्यक्ष तुलकुमारी (संगिता) थापा मगर (Sangita Thapa Magar), सह-सचिव मुना भण्डारी, सह-कोषाध्यक्ष प्रेम सेन्चुरी (Prem Senchury) र युवा संयोजक रूबिन शर्मा छन्। क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन्।

त्यसैगरी, कार्य समिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य (Subarna Shakya) , दिलिपकुमार स्रीस मगर (Dilip K Shrees), पूजा न्यौपाने (Pooja Neupane), सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा (ढुंगेल) (Deepa Thapa), नविन स्रेष्ठ (Nabin Shrestha) र सुवास चन्द्र मोक्तानछन्।

उक्त अधिवेशनमा वरिष्ठ नायिका सुवर्ण क्षेत्री (Subarna Chhetri) लाई संघले ‘लाईभटाईम अचिबमेन्ट पुरस्कार’ द्वारा सम्मान गरिएको थियो।Image may contain: 9 people, people sitting and indoor

eznepal-sidebar add

Rakshya Travel-sidebar