बोक्सी काण्डमा विवादित मेयर चौधरीमाथि गोली प्रहार

काठमाडौं २८ फागुन ।  कैलालीको  घोडाघोडी नगरपालिकामा घटेको बोक्सी काण्डमा विवादित बनेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि अज्ञात समूहले गोली तथा खुकुरी प्रहार गरेको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली र खुकुरी प्रहारबाट चौधरीको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । कैलालीको सुखडस्थित घोडाघोडी अस्पतालमा प्रारम्भिक उपचारपछि चौधरीलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भएको जनाइएको छ ।

उनीमाथि सुख्खडबजारस्थित उनकै निवासमा गोली र खुकुरी प्रहार गरिएको हो ।

बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै मेयरको आलोचना भैइरहेका बेला उनीमाथि आक्रमण भएको हो।

eznepal-sidebar add

Rakshya Travel-sidebar