युएसनेपाल पोष्टको शुभराम्भ

वेभसाइटको निरन्तरताका लागी अमेरिकाका स्थानिय समाजको सहयोग आवश्यक, पुर्व मन्त्री रिजाल

सभासद तथा नेपाल सरकारका पुर्व सुचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले शनिवार अमेरिकाको टेक्ससबाट संचालित युएस नेपाल पोष्ट डिजिटल पत्रिकाको शुभराम्भ गरे ।
अमेरिकामा रहेका रिजालले युएसनेपाल पोष्टको शुभराम्भ गदै डिजिल पत्रिकाले अमेरिकाकामा रहेको नेपाली समुदायको आवाज बुलन्द गर्न सक्षम होस भन्दै समाचारमुलक वेवसाइटको निरन्तरताको कामना गरे ।
प्रवासमा संचालनमा आएको यो भिडियालाई निरन्तरताका लागी स्थानिय समाजहरुले सहयोग गर्नु पर्नेमा जोड दिए । विज्ञापनका सामाचारमुलक वेवसाइटको मुटु भएकाले यसका लागी सहयोग आवश्यकता रहेको बताए ।
कार्यक्रममा गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले वेभसाइटले एनआरएनको गतिविधीलाई प्राथमिकता दिइन गलत क्रियाकलापलाई खबरदारी र सही कामलाई पनि सम्मान गर्न आग्रह गरे ।
कार्यक्रममा टेक्ससका युवा व्यवसायी हरिबोल भन्डारीले संचालनमा आएको युएसनेपाल पोष्टलाई नेपाली समुदायले आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले नेपाली समुदायका विषयलाई उठान गर्न युएसनेपाल पोष्ट सफल होस भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पत्रकार सञ्जय घिमिरे, लेखनाथ गौतम र युएस नेपाल पोष्टका प्रधानसम्पादक शिव शर्माले पनि मन्तव्य राखेका थिए ।
अमेरिकाको टेक्ससबाट संचालित यो डिजिटल पत्रिकाले अमेरिकाका नेपाली समुदायका गतिविधिलाई पहिलो प्राथमिकता दिनेछ ।