राजनीति गर्दै हुनुहुन्छ भने जनताको सेवा प्रमुख उदेश्य हुनुपर्याै : माइकल

अमेरिका आँफैमा आप्रवासिको देश,त्यसमा पनि न्यूयोर्क नेपाली लगायत अन्य दक्षिण एसियाली समुदायका मानिसको घना आवादी भएको राज्य हो । एक अनौपचारिक तथ्यांक अनुसार न्यूयोर्कमा माात्रकरिब ५० हजार नेपाली समुदायको बसोबास रहेको छ ।सायद यहितथ्यलाइमध्यनजर गर्दै त्याहाँका जनप्रतिनिधिहरुले नेपाली समुदायलाइ लक्षितगरि विभिन्न योजनाहरु निर्माण गरेका हुन्छन् । प्रस्तुत छ, नेपाली भाषामा मोटर ड्राइभिगं लाइसेन्स र नेपाली सामुदायीकभवनकाबारे न्यूयोर्क राज्यका संसद माइकल मिलरसंग किरण मरहट्ठाले गरेको कुराकानी ।
तपाइले नेपालीको लागी एक सामुदायीक भवन निर्माणको लागी संसदमा प्रस्ताव गर्नुभएको थियो, त्यो प्रस्ताव कहाँ पुग्यो ?
वास्तवमा यो संसदमा विधेयकहोइन कि मैले रकम प्रस्ताव गरेको हुँ । यो पहिलो प्रकृया हो । तर हामीले यो विषयमानिरन्तर दवाबदिनु जरुरि छ । यसको प्रकृया लामो हुन्छ । सरकारबाट रकमनिकासाहुन ४ वा ५ बर्षसम्मलाग्न सक्छ ।
तपाइलाइ यो गर्न के कुराले प्रेरित गर्यो ?

मेरो क्षेत्र धेरै नेपालीबसोबास गर्ने क्षेत्र हो । रिजउड र यस वरपर बस्ने नेपाली समुदायका नेताहरुले यस बारेमा बारम्बार मसंग कुरा गरेका थिए । नेपाली समुदायको भाषा संस्कृतीको संरक्षणको लागी यो अति अपरिहर्य छ भन्नेबारेमा म आँफै पनि विश्वस्त भएर मैले पहल गरेको हँु ।
तपाइको जिल्ला ठुलो संख्यामा नेपाली समुदायको बसोबास भएको क्षेत्र हो, नेपाली समुदायको बारेमातपाइको बारेमा के अवधारणा छ ?

कुनै पनि व्यवसायवा राजनीतिमा हामी मानिसलाइ अध्ययन गरेर धेरै सिक्न सक्छौँ । समुदाय र मानिसहरुको बारेमा तपाइले अध्ययन गर्नु जरुरि पनि छ । मेरो विश्लेषणमा नेपालीहरु असल ह्दयभएका मानिसहरु हुन् जो सधै अरुलाइ सहयोग गर्न तत्पर हुन्छन्, त्यो तपाइहरुको ह्दयमा छ ।नेपालीहरु आफ्नो छरछिमेक र समुदायको विकास र उन्नतिको लागी सदा तत्पर हुन्छन् भन्ने कुरा मैले राम्रोसंग अनुभव गरेको छु ।म के भन्न चाहन्छु भने नेपभल समुदायको प्रगतिको लागी केहि गर्न पाउदा मलाइखुसी मिल्छ ।
एक अनुभवि र वरिष्ठ राजनीतिज्ञ तथा जनप्रतिनीतिको हैसियतले दक्षिण एसियाली समुदायको लागी तपाइसंग कुनै विशेष कार्यक्रम छन् की?

मैले विगत केहि बर्षदेखि नेपालीतथा दक्षिण एशियाली समुदायको हितमा धेरै विधेयकहरु पेश गरेँ र तिमध्य धेरै पास पनिभए । उदाहरणको लागीहालैमात्र मैले मोटर लाइसेन्सको लागी नेपाली भाषामा प्रकृया गर्न पाउनुपर्ने विधेयक पेश गरेको छु । यसले न्यूयोर्क राज्यमा रहेका सबै नेपालीहरुमा उत्साह आएको छ । यो उनिहरुको मातृभाषाको पहिचानको सवालमा पनि गतिलो कदम हुनेछ । हामीले अन्य भाषाको लागी पनि पहल गरिरहेका छौँ । बंगाली र पंंंजाबी भाषालाइ अस्पतालमा प्रयोग गर्ने विल पनि पेश गरेका छौँ । हामी मुस्लिम समुदायसंग पनि काम गरिरहेका छौँ । स्कुलमा हलाल फुट वितरण गर्ने गर्दछौँ । विधेयकहरु धेरै महत्वपुर्ण कुरा हो र हामी त्यो पारित गराउन लागीरहेका छौँ तर यो लामो प्रकृया हो, समय लाग्छ ।
तपाइले नेपालीमा मोटर लाइसेन्सको प्रोसेस सम्बन्धी बिधेयकको कुरा गर्नुभयो, यो विधेयक पारित हुन कति समय लाग्ला ?

यो प्रस्ताव नेपाली समुदायका अगुवाबाट म कहाँ केहि हप्ता अगाडि मात्र आएको हो । मैले संसदमा यो विधेयक पेश पनि गरिसकेको छु । अब नेपाली समुदायको तर्फबाट ठुलो सहयोग चाहिन्छ । धेरै भन्दा धेरै मानिसको यो विधेयकमा हस्ताक्षर हुनु जरुरि छ । र सदनमा पनि यो विलको बारेमा बहस हुने दिन ठुलो संख्यामा उपस्थित हुन म आग्रह गर्दछु । विधेयकको समर्थनमा जति धेरै मानिसको उपस्थिति देखाउन सकियो त्यति नै छिटो यो विधेयक पारित हुने सम्भावना हुन्छ ।
यसको लागी नेपाली समुदायले के गर्नुपर्छ ?

समुदायका मानिसको यसमा ठुलो भूमीका हुन्छ । आआफ्नो क्षेत्रका एसेम्बलिम्यानहरुलाइ पत्र लेखेर यो बिधेयकमा सहयोग गर्ने अनुरोध गर्नुपर्छ । तब मात्र उनिहरुले सभामुखलाइ यो बिधेयक अधि बढाउन अनुरोध गर्नेछन् । यहि सभामुखले धेरै मानिसको पिटिसन वा पत्र देखे भने विधेयक अधि बढाउने छन् र यो छिटो पारित हुने सम्भावना रहन्छ ।
मेरो विचारमा यो बिषयमा हिमालयन डेमेक्रेटिक कल्वको उद्यघाटनको क्रममा पहिलो पटक गत फ्बु्रअरिमा उठेको थियो, अब अरु कति समय कुर्नुपर्ला ?

यो मैले अनुमान गर्न सक्ने बिषय होइन । कुनै पनि बिधेयक पेश भएपछि कति समयमा पारित हुन्छन् भन्ने बारेमा कुनै खास समयसिमा छैन । यो सबै कुरा एसेम्बलिम्यानहरुको समर्थन र नेतृत्व क्षमतामा भरपर्छ । यसमा हामीलाइ समुदायको सहयोग अति जरुरि हुन्छ ।
दक्षिण एशियालि समुदायको समाजीक तथा आर्थिक जिवन उकास्नका लागी तपाइको केहि योजनाहरु छन् भने बताइदिनुस न ।
हामीले मुख्य गरि न्यूनतम तलब निर्धारणमा धेरै काम गरेका छौँ । हाम्रो प्रयासबाट यो १५ डलर प्रतिघण्टामा पुगेको छ जुन राम्रो रकम हो । हामीले समुदायको कुनैपनि समस्या सुन्ने र त्यसलाइ तत्कालै सम्बोधन गर्नै व्यवस्था गरेका छौँ । वास्तवमा हामीले कुनै निश्चित एक समुदायको मात्र भन्दा पनि समग्र जनताकोे हितमा काम गर्नुपर्ने हुन्छ ।
अमेरिकी राजनीतिको कुरा गर्दा दक्षिण एशियाली समुदायको ज्यादै न्यून सहभागीता रहेको देखिन्छ, त्यसलाइ प्रवर्धन गर्न तपाइको कुनै नीतिहरु छन् की ?

धेरै राम्रो प्रसंग उठाउनु भयो, यसको लागी उनिहरुले कहि न कहिबाट शुरु गर्नुपर्ने हुन्छ जसरि रिजउडका नेपालीहरुले हिमालयन डेमोक्रेटिक कल्ब स्थापना गर्नुभयो । मेरो योजना सदैव उनिहरुलाइ सहभागी गराउने र माथि लैजाने हुन्छ । कम्तिमा एक जना काउन्टि कमिटिमा हुनुपर्छ जुन निर्वाचित पद हो । तपाइको प्रतिनिधित्वले नै तपाइको समुदायको सरोकारलाइ सम्बोधन गर्ने सहोग पुग्ने हो । जव तपाइ सहभागी हुनुहुन्छ तब न माथि जानु हुन्छ । तपाइ राजनीतिमा सहभागी हुनपनि चाहनु हुन्न अनि राष्टपति बन्न चाहनु हुन्छ, यो कुरा मिलेन ।
एक सिनियर राजनीतिकर्मीको हिसाबले नेपाल जस्तो नविन संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकलाइ तपाइ के सुझाव दिनुहुन्छ ?

म मात्र के सुझाव दिन चाहन्छु भने जनताप्रति इमान्दार बन, सत्य बोल र आफुमा विश्वास गर । यदि तपाइ राजनीति गर्दै हुनुहुन्छ भने जनताको सेवा तपाइको प्रमुख उदेश्य हुनुपर्याै तब मात्र तपाइ सफल हुनुहुन्छ तसर्थ म भन्न चाहन्छु, आफ्नो बारेमा होइन ति मानिसको बारेमा सोच जसलाइ सहयोगको जरुरत छ ।
हामीले लोकतन्त्रलाइ बलियो कसरि बनाउन सक्छौँ ?

उनिहरु आँफैले यसलाइ बलियो बनाउने हो । यसको लागी जनप्रतिनिधिहरुले जनतालाइ सुन्दर जिवन दिन साधन श्रोतको पहिचान गर्नु जरुरि छ । यदि तपाइ जनतालाइ सुखि राख्ने प्रयासमा हुनुहुन्छ भने लोकतन्त्र पनि सम्मानीत हुन्छ ।
माइक, मलाइ विश्वास छ कि तपाइ एक कुशल राजनीतिज्ञ हो, तपाइको राजनीतिक गन्तब्य के हो ?

मेरो गन्तब्य भन्नु नै विशाल न्यूयोर्कको डिष्ट्रिक ३८ को एसेम्बलिम्यान बन्नु हो । यो बाहेक मेरो अर्काे उदेश्य छैन । म मेरो समुदायसंग काम गर्दा खुसी छु र सधै यहि समुदायसंग जोडिएर रहन चाहन्छु । मलाइ अमेरिकाको राष्ट्रपति बन्न रहर छैन ।

eznepal-sidebar add

Rakshya Travel-sidebar