प्रचारमुखी प्रतिस्पर्धी भन्दा अबको आईजीपी स्बच्छ छबी र ब्यबसायीकको हातमा

जनताले पांच बर्ष सम्मको लागी बाम गठबन्धनलाई राज्य संचालनको म्याण्डेट दिएको छ । अस्थिर राजनैतिक अबस्थाको अब समाप्त हुने र संयक्तरुपमा जारी गरेका घोषणा पत्रमा समाबेश भएका बुदारुको कार्यान्बयन हुनेमा उनीहरु बिश्बस्त छन् । देश भ्रष्ट्राचारको खाडलमा उठ्नै नसक्ने गरी फसेको कुरालाई मनन गरी सोबाट मुक्त बनाउन भ्रष्टहरुको सुची तयार पार्दै रहेको कुरा पनी प्रकाश आएको परिस्थितीमा प्रधान मन्त्री र गृह मन्त्रीबाट ब्यक्त भएको राष्ट्रमा सर्बसाधरणले शान्ती सुरक्षाको प्रत्याभुती गर्न सकोस् भन्ने चाहनाको सबैले स्बागत गरेका छन् । छ । कुनै पनि देशको बिकास अनी समृद्दी र लोककल्याणकारी राज्यको निर्माणको लागी बिध्यमान भ्रष्टाचार, दण्डहिनताको अबस्था समेत चुनौतिको रुपमा देखिएका छन् । आन्तरिक सुरक्षा र कानुनको शासन बिना लोक कल्याणकारी राज्यको कल्पना गर्न सकिन्न। चुनौती सित डटेर लड्ने जिम्बेबारी पक्ष नेपाल प्रहरी हो । सिमीत ब्यक्तीको बिरासतमा परेको यस सगठन उनिहरुको प्रभावबाट मुक्त हुन सक्नु पर्छ । यस्को लागी स्बच्छ ईमान्दार, झुझारु, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रचार प्रसारमा नआउने ब्यक्तिको हातमा नेतृत्बमा जाने सकेमात्र नेपाल प्रहरीले प्रभाबकारी ऐतिहासिक गति लिन सक्ने छ । सगठन लाई सुक्ष्म रुपमा राम्रो सित बुझेको, कार्य प्रति बिश्बसनियता, राम्रो भिजन भएको, सृजनात्मक शैली र चुनौतिहरु सित रणनैतिक एबम् झुझारु रुपले लड्न सक्ने ब्यक्ती नेतृत्बमा आउनु आजको आबश्यकता हो ।
शक्तिशाली सगठनको रुपमा रहेको नेपाल प्रहरी प्रती राष्ट् र जनताको अपेक्षा समेत रहेको तापनी केही बर्ष देखी देखी यो सगठन ओरालो लाग्ने क्रममा रहेको छ । केही महिना अघिमात्र यस सगठनमा देखिएको उतारचढाबको परिमाणस्बरुप नेतृत्ब डाक्टर प्रबीधीकको हातमा जानु ठुलो गल्ती र लाजमर्दो थीयो । यस्को कसैले अनुमान र सोचेको पनी थिएनन् । सतहमा आएको सिलबाल जस्ता प्रकरणहरु हुनु नेपाल प्रहरी सगठन परम्पराबादीको सोचबाट कतिको ग्रसित छ भन्ने कुरालाई प्रमाणित गर्छ । उपेन्द्र कान्त अर्यालले अबकाशको क्षणमा लामो समय सम्म नेतृत्ब दिएको गर्बको साथ राखे तर कसरी डाक्टरको हातमा जिम्मेबारी दिन अँभेप्रेरित भए त रु के सगठनमा यसको बिकल्प थीएन र रु यसको उत्तर खोज्दा सबै कुरा प्रष्टीन्छ । मरे पछि डुमै राजा भन्ने उक्ति बुढापाकाहरुले राखेका त्यसै होईन रहेछ । उनले त्यही गरे । हिजो दिनमा आफू जसरी भएपनी नेतृत्बमा जाने र त्यहा पुगे पछि जति सक्दो आफ्नो उदेश्य प्राप्ति पाश्चात सगठनलाई बेबारीस छोडिदिने यस खालको पुरातनबादी सोचबाट ग्रसित आफुलाई सगठनको अपरिहार्यको रुपमा देख्ने, प्रमाणित गर्ने खोज्नेहरुको कारण सगठन यस्तो अबस्थामा आएको कुरा सर्बबिदितै छ । त्यतिले मात्र नपुगेपछी सगठनमा आफ्नो बिरासत निरन्तर रुपमा राख्न यीनीहरुले काम तामिल गर्ने बुख्याचाहरुलाई भाबी आईजीपीको रुपमा खडा गरि प्रहरी सगठनको शक्तिलाई सिमित घेरामा राखेको पाईन्छ ।
सुदुर पश्चिम, मध्य पश्चिम र राजधानीबाहिरका जिल्लाहरु समेतको भुगोलनै नबुझेका यी बुख्याचाहरुलाई शिब पार्बतीलाई गणेशलाई जै राजधानीमै घुमेर बसेका छन् उनीहरुलाई सोचेको पोष्टिङ पाएका छन्। हिजो दरबारले बनाएझै उनीहरुलाई अप्रतिस्पर्धिरुपमा आईजीपीको ट्याग पनी भिडाईएको छ । तर ईमान्दार, दुरदुष्टी भएका, सगठनलाई हाक्ने सक्ने क्षमता भएकाहरु सतहमा आएमा आफ्नो बिरासत हातबाट जान्छ भन्ने उनीहरुलाई डर भएको हुदा आफ्नै पौरखमा सम्मान पुर्बक जागीर खाने ब्यक्तिहरुलाई उनीहरुले शुरु देखिनै किनारा लगाउदै बाहिर लखटिएका प्रमाणहरु प्रशस्त पाईन्छ । यी बुख्याचारहरु प्रहरीको नेतृत्बमा आएमा प्रकाश अर्यालयले झै बिरासतकै निरन्तरतालाई पछ्याउदै काम तामेली बाहेक केही गर्न सक्ने छैन । पुर्बा ग्रहित मनस्थितीबाट ग्रसित यस धारकै कारण सगठनको छबी ओराले लागेको हो । कुबेर सिह रानाको पालामा मात्र सगठन उनीहरुको परिधी भन्दा बाहिर गएको पाईन्छ । त्यो बेलमा सगठनमा बिकासको छाप परेको देखियो तर उनी पछि प्रहरी सगठन घुमेर उनीहरुकै हातमा आईपुग्यो ।
यस धारमा आबद्द समुहले आफ्नो अनुकुल बाताबरण मिलाउन बामदेब गौतमलाई समेत पार्टिबाट गृह मन्त्रीको लागी सिफारिस गराउदा समेत त्यो हुनु हुन्न भन्दै आफ्नो पक्षका मानसिहरुलाई परिचालन गरि लबिङ गर्दै मिडियाको प्रयोग गरेको ईतिहास पनी छ । यस सगठन ब्यक्तिगत स्बार्थको मारमा उठनै नसक्ने गरी परेको सबैलाई थाहा छ । नेशनल मण्डेलाले यदि बिकास गर्ने हो भने बिपक्षहरुलाई पनी मिलाएर लैजान सक्नु पर्छ भनेका थिए । आफ्नो बिचारमा बिमति राख्नेहरुलाई राम्रो स्थान नदिई पाखा लगाउने र कार्य सम्पादन मुल्यांङनमा पछाडी पार्ने रणनिति यिनीहरुको छ। कसैले नेतृत्बमा आउना साथ आफ्नो बिचारमा बिमती राख्नेहरुलाई कसरी सखाप पार्ने कुरा मात्रमा केन्द्रित रहेको र आफ्नो फाईदाको लागी कतिको गर्न सक्दो रहेछ भन्ने लक्षणहरु सिलबाल प्रकरणले पनी देखाएको छ । भर्खरै भएको प्रमोशनताका यस समुहले शेर बहादुरको गैर्ह्र चरित्र, जिम्बेबारीपनको फाईदा उठाउदै आफ्ना पिछुलग्गुहरुलाई अगाढी पारी राम्रा अफिसरहरुलाई पछाडी परे । एसएसपीबाट डिआईजी हुदाको प्रमोशनबारे सुक्ष्म अध्ययन मात्र गरे थाहा भै हाल्छ । राम्रो र कार्य सम्पादनमा सर्बोत्कृष्ट भएका अफीसरहरु योजनापुर्बक तल पार्दै र प्रतिस्पर्धामा नै नरहेका अन्य राम्रा अफिसर हुदा हुदै पनी तिन बर्ष मुनिकाहरुलाई अस्बभाबिकरुपमा माथी तानिएका छन् भने बिरासतको लागी खतरा भएका नेतृत्ब दिने सक्ने ईमान्दार क्षमताबान अधीकृतहरुलाई पछाडी पारिएका छन् । रफु भर्दा दिखेन्न थीयो तर प्याच टाल्नु पर्ने अबस्था आएको छ । न्यायोचित आधारमा नभएको यस किसिमको बढुबा माथी भएको त्रुटिहरु सच्च्याउनको लागी यस सरकारले राम्ररी अध्ययन गरि पुनर्मुल्याङन गर्नु पर्ने नै हुन्छ । नियोजित रुपमा पछाडी पारिएका अधिकृतहरुलाई जिम्मेबारी दिन पछि पर्न हुन्न ।
सगठन प्रमुख परम्परा अनुसार एक महिना बिदा बस्नु पर्ने प्रचलन रहेको छ । कुबेर सिह रानाले समेत यस प्रचलनको मुल्यलाई जोगाई राखे तर उपेन्द्रले आईजीपी उपेन्द्र अर्यालले त्यो परम्परालाई तोडिदिए । स्बार्थेको कारण आफ्नो सहज अबतरण र बिरासत बाहिरका बाहिरका ब्यक्तीहरु नेतृत्बमा आए आफुले गरेको कुकर्महरुक उप्काउछन् कि भन्ने डरले आफूले भनेको मान्ने काम तामेल गर्ने पिछुलग्गू मेरो पछी नेतृत्बमा आउनु पर्छ भनी उनीहरुलाई जसरी भएपनी सगठनको मुल्य मान्यतालाई नै ध्बस्त पार्दै पुर्बाग्रहित रुपमा आफ्नो कर्मचारीको बिरुद्दमा भ्रमात्मक सुचनाहरु सम्प्रेषण गर्नु सगठन बिकासको बाधक हो । यो कमजोर मनोस्थितीको परिमाण हो । यो नै आईजीपी हुनु पर्छ भनेर पराम्पराबादी शक्तिको प्रभाबमा परी उस्लाई मात्र प्राथमिकता दिदाको नराम्रो परिस्थीती सिलबाल काण्डले सतहीमा ल्याई सकेको कुरा अब कसैबाट लुकेको छैन । नेतृत्बमा बस्ने प्रमुखहरुले सबैभन्दा बढि यही क्षेत्रमा बढि से बढि शक्तिको दुरुपयोग गरेको पाईएको छ । नेतृत्ब हस्तातरण हुदा अबकाश भएपछि पनी सगठनको श्रोत साधनहरु र पिछुलग्गु बनाईएका नब नियुक्त प्रमुखको शक्तिलाई बाहिरै बसिकन प्रयोग गर्न सकियोस् भन्ने मानिसकताको उपज बाहेक अरु केही होईन । हाल पनी सगठनमा यस किसिमको बाह्य शक्तीहरु सक्रिय रहेका छन् । यस प्रकारका शक्तिले सगठन भित्र हक जमाउन शुरु देखिनै भनाउदा रोल मोडेलको रुपमा नया पात्रहरुको निर्माण ब्यापारिक सरचनामा उभिएका फेसबुक, अन लाईन मिडिया मार्फत गर्ने अनी उनीहरुलाई आईजीपीको उम्मेदबारको रुपमा खडा गरि सगठनको शक्तिलाई आफ्नो प्रँभाव वाहरि जान नदिन निरन्तर रुपमा प्रयास गरि राखेका छन् । यो धारले कहिले पनि सस्थागत बिकास भन्दा पनी ब्यक्तिगत फाईदालाई प्राथमिकता दियो । हालको आईजीपी बिरासतको एक पात्र मात्र भै बिरासतलाई रिझाउने बाहेक केही गरेनन् । यस कारणनै प्रहरी सगठन दिन प्रतिदिन ओरालो लाग्ने क्रममा छ । नब नियुक्त के।पी। ओलीले तामेली गर्ने आईजीपीको आबश्यकता नरहेकोभन्ने प्रष्टाइसकेका छन् । नब नियुक्त गृह मन्त्रीले यस धारलाई चिरेर अगाडी बढ्नु पर्ने र १५ जना डीआईजीपी मध्ये आफ्नै क्षमताको आधारमा अगाडी बढेका बाट सक्षम ब्यक्तिको हातमा नेतृत्ब दिनु पर्छ ।
परिबर्तनलाई सस्थागत गर्न अब भने परम्परा सोचबाट माथी उठ्नु पर्ने छ । हामी त्यस्तो युगमा हुर्किराखेका छौ जुन चिजमा बास्तबिकता भन्दा बढि पनी हाम्रो ईन्छा र बिश्बास रहन्छ । धेरै मानिसहरु अन लाईन न्युज, फेसबुकमा राखिएका न्युजहरुमाथी बिश्बास गर्छन तर यस्को अधिकारिता बारेमा परिक्षण गर्ने चलन हाम्रो छैन। त्यसमा पनी कुनै पनी प्रहरीको पोशाकमा सजिएका कुनै पनी ब्यक्तिहरु प्रति आकर्षित हुनु स्बाभाबिकै हो । अन लाईन अनी ह्बाट्स अप र फेस बुक अनी पत्र पत्रिकाहरुमा आज भोली जोड तोडले आउने नामहरु बारेमा अन्बषेण गर्ने हो भने यो परियोजना अन्तगर्त आएका नामहरु आफुलाई आईजीपीको प्रतिस्पर्धी भन्ने रुचाउने बुख्याचाहरुको ब्यक्तिगत प्रयासहरुको प्रतिफल बाहेक केही होईन र यो धारको खेल हो भन्ने कुरा छर्लङ देखिन्छ । प्रहरी संगठनमा उनीहरुले के के योगदान दिए र सगठनबाट उनीहरुले के पाए बिचको मापन हुनै पर्छ ।
प्रणाली भन्दा बाहिर रही ब्यक्ति हाबी हनु राम्रो होईन । संगठनको हकहितलाई ओझेलमा पार्दै ब्यक्तिगत बिकासको जे पनि गर्ने प्रबृत्तीका मानिसहरु जुन उच्च पदमा पुग्ने गरेको कारणबाटै सगठनबाट नागरिकहरुले सेबा पाउन नसकेको ज्बलन्त प्रमाणहरु छन् । यस मुसा प्रबृत्तीका पुर्बाग्रहित पात्रहरुको बदलामा राम्रा सक्षम, कर्मठ, ईमान्दार र नया सोच भएका नया अनुहार आजको आबश्यकता हो । नब नियुक्त गृह मन्त्रीको प्रतिबद्दता यस प्रबृत्ती पात्रहरुको बिरुद्दमा देखिन्छ । दिईएको युनिफर्ममा शक्ती छ । त्यसको दुरुपयोग हुन नपाओस भन्नाको लागी युनिफर्म अनरुपको चरित्रबान ब्यक्तिहरुको निर्माण गर्नु पर्ने हुन्छ । युनिफर्ममा सुहाउने ब्यक्तिले मात्र पाएको जिम्मेबारी सक्षमताका साथ निभाउन सक्छ । यदा कदा सगठनको लागी कुनै ब्यक्तिहरु नेतृत्ब लिने होडबाजीमा आफूलाई अपरिहार्य प्रमाणित गर्न कसरत गर्नु राम्रो होईन । ब्यक्ति परिबर्तनसिल हुन्छ तर सगठन अटल रहन्छ । पत्र पत्रिकाहरु मार्फत सस्तो रुपमा प्रतिस्पर्धिको रुपमा प्रमाणित गर्न खोज्ने यी ब्यक्तिहरु कुनै कुनै परियोजना मार्फत शुरु देखीनै आफूलाई आईजीपी भविष्यको मै हु भनेर लागी परिराखेका छन् । आईजीपी हुन नपाएमा उनीहरु जिबन असफलनै हुने मनस्थितिबाट ग्रजिएका छन् । यस प्रबृत्तीका ब्यक्तिहरु कार्य क्षेत्रहरुमा आफू एसी गाडीमा सफर गर्दै कालो चस्मा सजिएका रोल मोडेल भनाउदा फिल्डमा धूबा धुलो र घाम पानीमा निरन्तरुपमा काम गर्ने ४० हजार प्रहरी जबान र हबल्दारहरुको लागी कहिले पनी प्रेरणाको स्रोत हुनै सक्तैन । खाए खा, नखाए घिच भन्ने रणनैतिक अनरुप बनाईएका यस्ता पात्रहरुलाई यो नया सरकारले संस्थागत गर्ने हो भने यस सरकारबाट परिबर्तनको आशा नगरे हुन्छ । बास्तबमा जे देखिन्छ त्यो होईन र हेर्नु भन्दा हेराई पट्टी ध्यान जानु यो सरकारमा निर्णय तहमा बसेका मानिसहरु ठूलो काम हो । यस्ता पात्रहरुलाई महत्बपुर्ण स्थान दिन हुन्न र यस्को बिकल्पमा सम्बेदनशिल भै सोच्नु पर्ने परिस्थितीको आबश्यकता हो ।
बृतिबिकाश र प्रमोशन पद्दत्तिमा धेरै सुधार हुनु पर्छ । प्रमाणको रुपमा हेर्ने हो भने १८ जना डिआईजीपी र २५ जना एसएसपीहरु आईजीपी उपेन्द्र कान्त अर्याल र नबराज सिल्बालको बेशिकको एउटै समुहका रहेका थीए । सगठनको बिकास र उन्नत्तीको लागी एउटै ब्याचका सहकर्मीहरु बिच तलैबाट भिडाएर माथिल्लो दर्जा सम्म लाने र माथील्लो तहमा पुगे पछि मात्र प्रतिस्पर्धिहरु मध्ये राम्रो दक्ष ब्यक्तिलाई नेतृत्ब दिनु पर्ने सगठनको सोच रही आएको थियो तर यो सोचमा तुरुसापात लाग्यो जब २०४६ सालमा प्रबेश गरेका समुहका ५४ जना प्रतिस्पर्धी मध्येबाट राम्रा अधिकृतहरु हुदा हुदै राम्रालाई भन्दा आफ्नालाई मात्र ईनिस्पेक्टरबाट डिएसपीमा बनाउने योजना अनरुप जम्मा ६ जनालाई मात्र पदोन्नती गरियो । अन्यलाई क्षमता हुदा हुदै प्रतिस्पर्धिबाट बन्चित गरियो उनीहरुमा नौरस्यता आउनु स्बभाविकै हो हाल सम्म सगठनले यस्को घाटा ब्यहोर्न परिराखेको छ । हाल सम्म यही समुह भित्रबाटै जम्मा ६ जना मात्र डिआईजीपी भएका छन् । जगबाटै अरुलाई प्रतिस्पर्धाबाट बन्चित गराई ल्याईएका यस समुहको उत्पादन गलत सोच र ग्रसित मनस्थितिको उपजबाहेक केही होईन । जगैबाटै अप्रतिस्पर्धीको रुपमा भबिष्यको आईजीपीको ट्याग लगाई अगाडी बढाईएकाहरुले हाल आफुलाई एक, दुईजनाबाट एकलौटि रुपमा आफुले नेतृत्ब पाउनु पर्छ भन्दै शक्ती केन्द्रमा दौडधुप गरेको समेत पाईन्छ । त्यति मात्रै नभई उनीहरुलाई भबिष्यको आईजिपीको ट्याग जस्ले झुन्डाई दिए अब यस्को प्रतिफल चाख्ने, खाने शुरमा त्यही घेरा सलबलाएर यिनिहरुको पक्षबाट लबिङ गरिरहेका छन् । हाल१५ जना डिआईजीपीहरु भित्र उक्त समुहको जम्मा ६ जना छन् । तुलनात्मकरुपमा अन्य ब्याचहरु भन्दा यो सख्या ज्यादै कम हो । यही समुह मध्येबाट एक जनाले अबको नेतृत्ब लिने छ । सगठन नेतृत्बमा पुग्नेहरुले सही स्बच्छ, ईमान्दार, उत्कृष्ठ काम गर्ने अधिकृतहरुलाई साईड लगाउने र आफ्नो प्रिय पात्रहरुलाई नजिक आफ्नो बरिपरी राखी मलजल गर्ने परम्पराको कारण सगठनमा बिकृती मौलाउदै गएको छ । यस सम्बेदनशिल बिषयलाई नब नियुक्त गृह मन्त्री र प्रधान मन्त्री गंभ्भीर रुपले लिनु पर्ने हुन्छ ।
सगठन र जनताको हक हितलाई सर्बोपरी ठान्दै हिढने र नागरिक केन्द्रित प्रहरी सेबामा आबद्द र पचार प्रसारमा त्यति नआउने त्यस्ता ब्यक्तीहरु जसले बोल्नु भन्दा पनी काम गराईनै बोल्छ भन्ने सिद्दान्तलाई शुरु देखिनै अबलम्बन गर्दै आए त्यस्ता ब्यक्तिहरु नेतृत्बमा पुग्नु पर्ने आजको माग रहेको छ ।
संगठनमा म जस्तै अन्य पडित हुनु नपरोस् भनेर लडेको हु भन्ने सिल्बालको अभिब्यक्तीको परिक्षाको समय आएको छ । उनले जितेको पार्टी हाल सरकारमा आएको छ उस्मा रहेको प्रहरी सस्थागत स्मरणको उनले उपयोग गरेनन् भने उनको लडाईमा साथ दिने जनताहरुको बिश्बासमा चोट पुग्ने छ । जो आए पनी कानै चिरेको भन्ने उक्तीहरु सार्थक हुने छ । सगठनमा बिध्यमान बिसगती एबम बिकृत्तीहरु बिरुद्द उनले लड्न सक्नु पर्छ । प्रहरी सगठनलाई भनिएको बिरासतबाट अलग्याई स्बच्छ छबी भएका जस्ले राज्यलाई पर्दा बिसम परिस्थितीमा समेत दिलो ज्यानले काम गरे, आफ्नो भन्दा सगठनको बिकासको लागी योगदान दिए त्यस्ता ब्यक्तिले अब सगठनको नेतृत्ब दिनु पर्ने छ । यदि सगठनको बिकास गर्ने हो भने प्रचारमुखी बुख्याचा प्रहरी नभै सस्थागत स्मरणमा रहेका छायामा परेको तर सदैब सर्बो उत्कृष्ट कार्य सम्पादन गर्दै हिढ्ने कर्मचारीहरुको अन्बेषण गरि पत्ता लगाई उनीहरुलाई नै सगठनको जिम्बेबारी दिदा मात्र जनताले समेत शान्ती सुरक्षाको महसुस गर्न सक्ने छ । तसर्थ अब नेपाल प्रहरी नेतृत्ब प्रचारमुखी नभै स्बच्छ छबी र ब्यबसायीकको हातमा जानुको बिकल्प छैन ।

eznepal-sidebar add

Rakshya Travel-sidebar