चलचित्र ‘भैरे’को नयाँ गीत सार्वजनिक (भिडियो)

चैत्र १३ काठमाण्डौ। चलचित्र ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ जेठ १८ गतेलाई रिलिज तय गरिएको चलचित्र ‘भैरे’ को यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मङ्गलवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम माया ला’को’ गीत सार्वजनिक गरेको हो ।

एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले सङ्गीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ ।

 

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका हुन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका हुन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।