तपाई पत्याउनुहुन्छ ! एउटा देश जहाँ मान्छेको संख्याभन्दा सुँगुर दोब्बर छन्

एजेन्सी, १६ चैत – युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी पुगेको छ । युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर रहेका छन् ।

युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोश्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् । त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।

युरोपेली युनियनका देशहरुमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् । त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको संख्या उच्च छ ।

युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसंख्या १५ करोड छ भने सुँगुरको जनसंख्या ८ करोड ९० लाख छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar