हिल प्वाइन्ट स्कुलमा शुभकामना आदान प्रदान कार्यक्रम

पोखरा १० असोज ।
पोखरा १२ सितलदेवीमा रहेको हिल प्वाइन्ट मा.विले हिन्दुहरुको महान चाड दशैं, तिहार, छठ एवम् नेपाल सम्वत्को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । Dibakar Joishi को फोटो।
विद्यालय कोर्डिनेटर गंगाराम पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नव निर्देशक भोला बराल एवम् पोखरा महानगरपालिका शिक्षा प्रमुख बद्री सुवेदीले पोखरा महानगरपालिका भित्रका शैक्षिक गतिविधि माथि प्रकाश पार्दै दशैं, तिहार, छठ एवम् नेपाल सम्बत्का उपलक्ष्यमा कार्यक्रममा उपस्थित सम्पूर्णलाई शुभकामना प्रदान गरेका थिए ।
सोही अवसरमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विजुली बहादुर गुरुङ एवम् प्राचार्य दिवाकर जैशीले यस पटकको दशैंले सम्पूर्णमा सकारात्मक भावनाको विकास गरोस् र सबैमा दुर्गा भवानी लक्ष्मी माता, सूर्य भगवानले मनोकाङ्क्षा पुरा गरुन भनि शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा वडा सदस्य, विद्यालयका अन्य व्यवस्थापनका पदाधिकारी एवम् शिक्षकहरुले समेत शुभकामना आदान प्रदान गरेका थिए । Dibakar Joishi को फोटो।Dibakar Joishi को फोटो।