विकास विष्टको स्वरमा नयाँ गीत

नेपलय
न्यु योर्क
विकास विष्ट अमेरिकामा रहेका नेपालीहरूमा कला साहित्यमा लाग्ने व्यक्तिहरूका लागी अपरिचित नाम भने पक्कै होइन ।
विकास गीत लेखन देखी कविताहरूमा पनि राम्रो सगं कलम चलाई रहन्छन् । विगत लामो समय देखी न्युयोर्कमा बसोबास गर्दे आएका विष्ट आफ्नो सोख पुरा गर्ने कहिले काही गीतहरूमा स्वर दिने काम पनि गर्छन् । यही क्रममा हालै मात्र नेपाली लोक गीत क्षेत्रका सदाबहार गायक विमल डाँगीको सङ्गीत तथा विकास विष्टको रचना तथा स्वरमा रहेको तिम्रै साथमा छु गीतलाई बेनुका दियाली पनि साथ दिएकाी छन् ।
उक्त गीतमा विकास विष्टको स्वर कुनै कलाकारको भन्दा कम देखिँदैन । उनको यो गायन यात्रा लाई निरन्तरता दिँदै जाउन शुभकामना ।