देश र धर्म जोगाउन उठ नेपाली

न्हुच्छेनारायण डंगोल

दुई तिहाइको मात लागेको ओली सरकारका भिजलान्तेहरुले सामाजिक अभियन्ता महेन्द्र शाहीलाई निर्घात कुटपिट गरी मरणासन्न बनाई सरकारसँग सहमत मानिसको बोली बन्द गराउने दुष्प्रयास गरिँदै छ । गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध आबाज उठाउनेहरुविरुद्ध जाई लाग्न ओली ,प्रचण्डहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । यसले गर्दा मुलुकमा हिंसा हुने खतरा देखा पर्दै छ । जनभावनाविपरीत काम गरेको ओली सरकार जनतालाई दमन गर्दैछ । तर अब जनता चुप लागेर नबस्ने अवस्थामा पुगिसकेका छन् । देश बचाउन र हिन्दु घर्म पुनस्र्थापना गर्न अब आन्दोलन गर्नुको विकल्प छैन ।
पैसाको लोभमा परेर होस् बच्चा पढाइदिने भनेर होस् वा रोग निको हुन्छ भनेर होस् नेपालमा केही वर्षयता धर्म परिवर्तन गर्नेक्रम दिनप्रति दिन बढ्दै गइरहेको छ । नेपालमा २०६२÷६३ सालमा जनआन्दोलनपछि तत्कालीन सरकारले विदेशीको दबाबमा नेपाललाई धर्म निरपेक्षता भनेर घोषणा गर्यो । २०७२ सालको संविधानमा नेपाली जनताको भावनाविपरीत हिन्दु राष्ट्र हटाइयो । नेपालमा जनआन्दोलन हुँदा धर्म निरपेक्षताको नारा कहीँ कतै लागेको सुनिएको पनि थिएन । धर्म निरपेक्षता घोषणा गर्न त्यतिबेलाका नेताहरूलाई अधिकार पनि थिएन । अर्कोतर्फ नेपालमा ८१ प्रतिशत भन्दा बढी मानिस हिन्दू धर्म मान्ने गर्छन् । हिन्दू अधिराज्य नेपाललाई युरोपियनहरूलाई खुसी पार्न नेपाली जनताको मर्मविपरीत विश्वमा १५९ राष्ट्र धर्मसापेक्ष हँुदाहँुदै किन धर्म निरपेक्षता घोषण गरियो ?
राजनीति र धर्म एकअर्काबीच सम्बन्धित छन् । अमेरिकाको राष्ट्रपति बाराक ओबामा राष्ट्रपति हुँदा २५ लाखभन्दा बढीको सभामा शपथग्रहण गर्नु पूर्वपादरी रिक वारेनले करिब पाँच मिनेटसम्म प्रार्थना गरेका थिए । कार्यक्रममा प्रथम महिला मिचेल ओबामाले राष्ट्रपति अब्राहम लिंकनले प्रयोग गरेको बाइबल लिएकी थिइन् । त्यसै बाइबलमाथि बायाँ हात राखेर ओबामाले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग राष्ट्रपतिको सपथग्रहण गरेका थिए । देशको एउटा निश्चत धर्म हुन्छ, त्यसले देशलाई चिनाएको हुन्छ । तर, नेपालमा भने एउटा निश्चित धर्म कुन हो ? आज गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
नेपाल विश्वका प्राचीनतम १० राष्ट्रमध्ये एक र पाँच हजार वर्षभन्दा बढी इतिहास बोकेको ऐतिहासिक राष्ट्र हो । विश्वमा ७१ वटा क्रिस्चियन र ५१ वटा मुस्लिम धर्म मान्ने राष्ट्र छन् । तर हिन्दू राष्ट्र छैन । नेपाल हिन्दू राष्ट्र भनेर चिनिनुपर्ने थियो । त्यो हुन सकेन । देशको अखण्डता बचाउन धर्मको ठूलो योगदान हुन्छ । धर्मले राष्ट्रियता बलियो बनाउछ । नेपालमा धर्म निरपेक्षता विदेशीको इसारामा भएको हो । त्यो के हो भावी सन्तति र इतिहासले देखाउनेछ । हामीले धेरै परको उदाहरण हेर्न आवश्यक छैन भारतकै उदाहरण लिन सक्छौँ भारत धर्म निरपेक्षता भएकै कारण विभाजन भयो । यसलाई रोक्न गान्धी, नेहरू आदिले पनि सकेनन् । भारत पनि विदशीको इसारामा धर्म निरपेक्षता भएको हुँदा अहिले पनि विभाजनकारी शतिmले भारतमा धार्मिक बखेडा झिकिरहेका छन् ।
नेपालमा विभिन्न जातजातिहरूले विभिन्न धर्म मान्ने भए पनि सयाँै वर्षदेखि हिन्दू धर्म मान्दै आइरहेका छन् । नेपाली भनेकै हिन्दू धर्मको वंशज हुन् । ब्रम्मा, विष्णु र महेश्वरका सन्तान हुन् । यसमा कुनै दुईमत छैन । यो कुरा विभिन्न वेद र पुराणहरूमा पनि उल्लेख भएको पाइन्छ ।
वास्तवमा नेपालीको आर्थिक अवस्था कमजोर छ । अशिक्षा छ । गरिबी व्याप्त छ । प्रदूषण र खराब वातावरणले गर्दा मानिस बिमारी परेका छन् । साथै नेपाली समुदायमा जातजातिमा भेदभाव छ । यसैको फइदा उठाई परधर्मीहरूले नेपालीलाई धर्म परिवर्तन गराएका छन् । पैसाका लागि आत्मा बेच्नु, अशिक्षित छु भनेर नैतिकता बेच्नु, देश कमजोर छ भनेर धर्म परिवर्तन गराउनु, बिमारी परियो भनेर धर्म त्याग्नु, नेपाली– नेपालीबीच जातको आधारमा सानोठूलो छुट्याउनु जस्ता कुराहरू नितान्त अमानवीय कार्य हुन् । यी सबै धर्म र मर्र्मिवपरीत छन् ।
नेपालमा पछिल्लो समयमा आएर नेपालीहरूले क्रिस्चियन धर्म अँगालिरहेका छन् । शताब्दीऔँदेखि हाम्रा बाबुबाजेले मान्दै आएको पवित्र हिन्दू धर्म हो । यशु पनि त हिन्दू धर्मकै वंशज हुन् । यो किन बुझिरहेका छैनन् । धर्म परिवर्तन गराउने र धर्म प्रचारकहरूले मानव विकासको इतिहास हेर्न आवश्यक छ । प्रारम्भमा हिन्दू धर्मबाहेक अरू कुनै धर्म थिएन । हाम्रा बाजेबराजुले पाञ्चायन धर्म मान्ने गर्थे । पाञ्चायन धर्म अन्तर्गत गणेश, शिव, विष्णु, देवी र सूर्यको पूजा हुन्छ । हाम्रा पुर्खाले यिनै देवीदेवताको पूजा गरे । आज आएर हामी यिनै देवीदेवता ठीक होइनन् भनेर अर्को धर्म मान्नु राम्रो होइन । पुराना मठमन्दिरहरूले पनि यी कुरा प्रस्ट पार्छन् कि हिन्दू धर्म नै मानव सभ्यताको पहिलो धर्म हो ।
आज आएर नेपालीलाई मन नपर्दा नपर्दै हाम्रो घर आँगनमा धर्म परिवर्तन गर्न आह्वान भएको छ । आह्वान मात्र नभएर दिग्दारिपूर्ण तरिकाले सताउने गरेको पनि पाइन्छ । धर्म लिनुनलिनु भनेको मानवको अधिकार हो । हाम्रो घर, पसल, पाटी, पौवा आदि ठाउँमा मानिसको के मुढ हुन्छ हाम्रो चर्चमा आउनुहोस् भनेर मानिसलाई पट्यार लगाउनु नितान्त सही होइन ।
युरोपका तथाकथित धार्मिक व्यापारीले अफ्रिकामा गएर गाउँनै घेरा हालेर हतियारका बलमा धर्मान्तरण गराउने, दास बनाउने र असहमत हुने जातिलाई समुद्रमा फ्याँक्ने दुष्कर्ममय अपराध गर्थे । सन् १०९५ देखि ९९ सम्म युरोपका इसाई राजाहरू र पश्चिमी एसियाका तुर्कहरूबीच धर्मयुद्ध चर्कियो । इरानीहरूले तुर्कीहरूलाई पराजित गरी जेरुसेलमा अधिकार जमाए । मल्लकालीन राजा प्रताप मल्लको समयमा तिब्बततिरबाट नेपाल आई दुरविनलगायत विभिन्न उपहार दिई धर्म प्रचार गर्न बसेका पादरीलाई पृथ्वीनारायण शाहले उपत्यका विजयपश्चात् देश निकाला गरे । नेपाल पनि धर्मयुद्धकै खतरामा छ । आफ्नो धर्मसंस्कृति रक्षाका लागि विश्वमा कैयौँ युद्ध भएका छन् । त्यसैको प्रारूप त नेपालमा धर्मान्तरण गराउन खोजिएको होइन ? नेपालमा भइरहेको कार्यले पनि त्यस्तै संकेत गर्छ । त्यस्तो हो भने जसले त्यस्तो दुष्प्रयास गरेको छ त्यो बिल्कुलै सही छैन् ।
धर्म परिवर्तन अपराध हो, अवैज्ञानिक हो । धर्मको अध्ययनमा र उपासनामा स्वतन्त्रता चाहिन्छ । अध्ययन गर्दैमा केही फरक पर्दैन । स्वामी विवेकानन्द, महात्मा गान्धी आदिले बाइबल अध्ययन गरेका यिए तर इसाई भएका थिएनन् । हाम्रो हिन्दू धर्मग्रन्थ वेद, पुराण, महाभारत, गीता, श्रीमद्भागवत, गरुडपुराण आदि नेपालीको हो । नेपालमा विभिन्न वेद र पुराणहरू छन् । तिनै वेद र पुराण नै हाम्रो देशको पुरानो नेपाली ग्रन्थ हो । कसैले पत्रिकामा लेख्न पाइन्छ भनेर लेख्नु हुँदैन सत्य के हो ? त्यो नै जनमानसमा पुर्याउनुपर्छ ।
राष्ट्रको धर्म हँुदैन तर पहिचान र इतिहास त हुन्छ नि ? त्यसको संरक्षण कसले गर्ने ? वास्तवमा धर्मको संरक्षण हामीले नै गर्नुपर्छ । गीतामा उल्लेख भएको छ । ‘स्वधर्म निधनं श्रेयस् परधर्मो भयावहस् । (परधर्म आगाल्नुभन्दा स्वधर्मका लागि बलिदान दिनु श्रेयष्कर हो, परधर्म भयावह हुन्छ) । हामीले पनि गीताको उपदेशलाई मनन गरी लाग्ने बेला भएको छ ।