भैरेको गीत लाखौले हेरेकोमा केक काटियो

नेपालय
नेपाली कथानक चलचित्र भैरेमा समाबेश भएका दुई गीतले दर्शकको अत्याथिक माया पाएका कारण नै युटुव मार्फत दश लाख भन्दा बढि दर्शकले हेरेको अबसर पारी सो चलचित्रका कलाकार तथा निर्माता बीच न्युयोर्कमा यही अप्रिल ८ तारिक केक काटियो ।
बिदेशमा बसे पनि नेपाली चलचित्र प्रतीको मोहका कारण पनि अमेरिकामा बस्ने नेपालीको लगानी रहेको उक्त चलचित्रमा नयाँ कथाबस्तु भएका कारण पनि दर्शकको रोजाईमा पनर्मो निर्माताहरु ढुक्क छन् ।
चलचित्र निर्माता मध्येका एक प्रेमा पौडेल यसबाट जे जस्तो नाफा घाटा भए पनि आफु अन्य चलचित्र बनाउन पछि नहटने र निरन्तरता दिदैै जाने बताए ।
भैरेको समाबेश रहेको दुई गीत सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका दुवै हाल नेपाली चलचित्रको गीत सङ्गितमा ज्यादै नै चर्चामाा रहेको छ ।
चलचित्र भैरेको शिर्ष गित सनम माया लाको बोलको गित चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले लेखेका हुन भने, यसमा संगित यम बरालले भरेका छन् । यम बराल र अञ्जु पन्तको स्वरमा रहेको यो गित यूट्युबमा हिट भएको छ । यस्तै सान्नानीलाई भेट्न आउँदा बोलको गित पनि यूट्युबमा त्यत्तिकै हिट छ । यस गितमा शब्द संगित बसन्त सापकोटाको रहेको छ भने स्वर यम बराल, बसन्त सापकोटा र मेलिना राईको रहेको छ ।

यस चलत्रिमा सुनिल थापा बिक्रन्त बस्नेत ,दायहाङ राई , बुद्धि तामाङ हैट, सबिता गुरुङ, जयनन्द लामा, बर्षा शिवाकोटी, जान्हवी गुरुङ, कुमारी लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै बाल कलाकारमा अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेलको अभियन छ । एभरेष्ट सुर्य बोहोराको निर्देशन, पुरुषोत्म प्रधानको छायाङकन, कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोखरेल र गायक यम बराजलको संगित रहेको छ ।

प्रेम प्रसाद पौडेल निर्माता रहेको भैरेमा यम बराल, लेख बहादुर गुरुङ ९डेनिम० र रघु पुरी सहनिर्माता रहेका छन् भने सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको ‘भैरे’मा बनिष शाहले सम्पादन रहेको छ । चलचित्रका निर्माण नियन्त्रक कृष्णराज काफ्ले हुन् ।

eznepal-sidebar add

Rakshya Travel-sidebar