महासचिवको लागी उपयुक्त उम्मेदवार म नै हो : डा केशब पौडेल

लभलेस हेल्थ सेन्टर न्यु मेक्सिको का निर्देशक डा केशब पौडेल अमेरिकी नेपाली माझ अपरिच नाम भने पक्कै होइन । जीबनमा सर्घष सगै कसरी सफलताको हात पर्ने सकिन्छ भन्ने नेपालीहरु माझ उनी उदारणिय ब्यक्ति हुन । एनआरएन अमेरिकाको मुमेन्टलाई एउटा उचाईमा पु–याएका डा केशब पौडेल आगामी निर्बाचनमा हुन गईरहेको गैरआवासीय नेपाली संघ एनआरएनएको अक्टोबर १५ देखी १७, सम्म काठमाण्डौमा हुने ९ औ बिश्व सममेलनमा महासचिबका बलियो उम्मेदवारको रुपमा देखा परेका छन् उनै महासचिबका उम्मेदवार डा केशब पौडेलसगं नेपालयसगं विष्णुप्रसाद पौडेलले गरेको कुराकानी

तपाई के कारण ले एनसीसीबाट आईसिसि सम्म जानु को कारण ?

बिदेशमा बसेर पनि नेपालमा केहि गर्न सकिन्छ भन्ने दृढ शक्त्तिका कारण म एनआरएनमा लागेको हो त्यसै अनुरुप मैले एनआरएन अमेरिकाको दुई कार्यकाल अध्यक्षमा बसेर काम गरे भने अब आईसीसीमा बसेर पनि केहि काम गर्न सकिन्छ भनेर नै मैले उम्मेदवारी दिन लागेको हुँ ।

तपाईले एनआरएनको अन्य पदमा पनि उम्मेदवारी दिन मिल्ने पदहरु थिए होलान नि किन महासचिवमा नै उममेदवारी दिनुभयो ?

एनआरएनको कुनै पनि पदमा बसेर अबस्य नै काम गर्न सकिन्छ भनेर म एनआरएनमा लागेको हु । एनआरएनको कुनै पनि पदमा चुनाव लड्न सकिन्थीयो तर एनआरएनको अहिलेको अबस्ता हेर्दा एनआरएनमा थुप्रै सुधारका कामहरु गर्नुेपर्ने अबस्थाहरु देखेको र त्यसको लागी अध्यक्षसँग मिलेर बाकी कामहरु गर्नको लागी महासचिव पद महत्पुर्ण रहेको हुदा महासचिवमा मैले उममेदवारी दिएको हुँ ।

तपाई महासचिवमा जादै गर्दा तपाइले गर्ने कामहरु के के हुन ?

महासचिव पद भनेको एकदम एक्टिप पद हो त्यसैले मुख्य त एनआरएनको सचिवालयलाई सुधार गर्नुपर्ने कुराहरुमा म लागेको छु । संगठन विस्तार र सदस्यता अभिवृद्दीको कुरा मैले गर्न सक्छु जस्तो लाग्छ । एनआरएनको महासचिव पद भनेको सवै तिर समन्वयकारी भुमिका खेल्नुपर्छ कहिले हामीले नेपालको सरकारसँग समन्वय गर्नुपर्छ कहिले एनसिसि सँग समन्वय गर्नुपर्छ,कहिले सामाजिक संघसस्थासँग समन्वय गर्नुपर्छ त्यो समन्वयकारी भुमिका महासचिवको मोड एक्टिप भयो भने जिम्मेवारी भयो भने गर्न सकिन्छ त्यसको लागी अहिलेको सिष्टमा आमुल परिवर्तन ल्याउनको लागी नयाँ सिष्टमा बाट काम गर्नुपर्छ भन्ने मलाई लागेको छ त्यो कामहरु मैले गर्न चाहन्छु र त्यो कामहरु गर्नको लागी म आइसीसीमा जान चाहन्छु ।
अहिलेको सचिवालयले चुस्तदुस्त सँग काम नगरेको र राष्टको चौथोअङ्ग पत्रकार जगतसँग पनि आफुले गरेका राम्रा कामहरुको समन्वय नगरेर प्रचार प्रसार नगरेको हुदा एनआरएनले गरेका राम्रा कामहरु पनि ओजेलमा परिरहेको अवस्था रहेको हुदा म महासचिवमा विजयी भए भने देशको चौथौ अंग सँग पनि समन्वय गरेर काम गर्ने छु । साथै एनआरएन भएका देशहरु ८०,८१ वटा भइसके तर ठुलो देशका एनआरएनहरुको पहुच बढिरहेको छ भने साना पहुच नभएका एनआरएनहरुको केही मतलव नै नभएको जस्तो भइरहेको छ त्यो हुनुहुदैन भन्ने कुरामा म लागीरहेको छु एनआरएन सवैको साझा संस्था हुनुपर्दछ भन्ने कुरामा म लागीरहेको छु । त्यसको लागी महासचिव पद महत्वपुर्ण हुने भएकोले मैले महासचिवमा उम्मेदवारी दिएको हुँ ।

एनआरएनको महासचिव पदमा चुनाव लढ्ने अन्य प्रतिष्पध्री भन्दा तपाई के अर्थमा बलियो र फरक हुनुहुन्छ?

हुन त एनआरएनको महासचिव पदमा उम्मेदवारी दिने अन्य साथीहरु पनि बलियो नै हुनुहोला तर मैले अहिले सम्म काम गरेको अनुभव,क्षेमताको आधारमा र एनआरएनको अहिले सम्म महासचिव पद हामीले सोचे जस्तो नभएको हुदा त्यसमा मेरो आफ्नो प्रष्ट भिजन भएको हुदा मेरो आफ्नो योजना ल्याएर अरुले भन्दा मैले बढी सुधारका कामहरु गर्न सक्छु भन्ने मलाई लागेको हुदा अन्य साथीहरु भन्दा म महासचिव पदमा बलियो छु जस्तो लाग्छ ।


तपाईले महासचिवमा पदमा जित्ने आधारहरु के के हुन ?

मुख्य त मेरो विभिन्न देशमा रहेका मेरा एनआरएन साथीहरुसँग मेरो राम्रो नेटवर्क रहेको छ भने मैले एनआरएनमा काम गरेको मुल्याकंन साथै मैले गर्ने कामहरुको स्पष्ट कार्ययोजनाहरु ल्याएर एनआरएन साथीहरुलाई सकारात्मक गराए भने मैले चुनाव जित्छु जस्तो लाग्छ ।
आईसीसीमा अहिले सम्म अमेरिकाको प्रतिनिधित्व हुन सकेको छैन अहिले तपाइले ईतिहाँस रच्ने कतिको सम्मभावना देख्नुभएको छ रु
एकदमै ठुलो सम्मभावना रहेको हुदा सकारात्मक ढंगले म अगाढी बढीरहेको छु र त्यो इतिहाँस रच्नेमा म पुर्ण बिश्वासका साथ लागेको छु ।

अहिलेसम्म आईसीसीमा अमेरिकाको प्रतिनिधित्व किन हुन नसकेको होला ?

यसमा धेरै कारणहरु रहेको छ । सवैभन्दा पहिलो कारण त घर बलियो हुनुपर्दछ,संस्था बलियो हुनुपर्दछ । हाल हाम्रो एनआरएन अमेरिकाको संस्था निकै बलियो भएको छ हामी संसारका अन्य एनआरएन संस्थाहरुसंग प्रतिष्पर्धा गर्न सक्ने भएका छौ र हामी सवै एकताबद्ध भएका छौ हाम्रो संस्था मजवुद छ भन्ने कुरा हामीले छाप पार्न सफल भएका छौ भने मेरो काम गर्ने तरीका साथीहरुले देखीसक्नु भएको हुदा पनि यो पाली चुनाव जित्ने सम्मभावना एकदमै बलियो रहेको छ ।
एनआरएन अमेरिकाको दुई कार्यकाल तपाईले अध्यक्ष भएर काम गर्नुभयो त्यो अनुभवले आईसीसीमा के के कामहरु गर्न सक्छु भन्ने सम्मभावनाहरु देख्नुभएको छ रु
मुख्य त मैले अघि तपाइलाई भनि सके मैले एनआरएन अमेरिकाको अध्यक्षमा बसेर विभिन्न राम्रा कामहरु गरीसकेको विभिन्न देशका एनआरएन साथीहरुलाई थाँहा भइसकेका छन् र हाम्रा राम्रा कुराहरु उहाँहरुलाई सेयर गरेर र उहाँहरुका राम्रा कुराहरु हामीले सिकेर विभिन्न कामहरु गरेको बिगतको अनुभब पनि छ जसरी अमेरिकामा रहेको एनआरएन लाई हाम्रो र राम्रो एनआरएन बनाएका थियौ त्यही अनुरुप आईसिसिको एनआरएनलाई पनि बनाउन चाहन्छु त्यो क्षेमता म संग छ । एनआरएनलाई पहुच नभएका देश र ब्यक्तिसम्म पु–याउने मेरो लक्ष्य सहित योजना रहेको छ ।

अन्तमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्व प्रथम त आउदै गरेको बिजयादशमी तथा दिपावलीको सम्पुर्ण एनआरएन साथीहरुलाई शुभकामना भन्न चाहन्छु । एनआरएन आईसीसीको कँन्फ्रेन्समा यहाँहरुको उपस्थीतीको लागी म बिषेश अनुरोध गर्दछु । यहाँहरुले यसमा सक्रिय रुपमा भाग लिएर आफुलाई मन परेको नेत्रित्वलाई चयर गरेर एनआरएन मोमेटको नेक्सट लेबलमा पु¥याउनको लागी यहाँहरुको सयोग,सदभाव,सुभेच्छा भयो भने महासचिव पदमा म पनि बिजयी हुन सक्छु र यहाँहरु सवैको साथ र सयोगको अपेक्षा गर्दछु ।