नवौं राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न

हेमजा, ३० चैत ।

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ शुक्रबार बिधिपुर्बक सम्पन्न भएको छ। महोत्सवमा आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। महोत्सवमा शुक्रबार चोलेन्द्र पौडेल, सङकर बिरही गुरुङ, इश्वर थापा, लछ्मि नेपाली, अनु ढकाल, शुबर्ण श्रेष्ठ, रामप्रसाद ढकाल र गगा त्रिपाठीको प्रस्तृतिले दर्शकलाई थप मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा रत्योली गित प्रतियोगितामा प्रथम इन्रेणी आमा समुह, दितिय नमुना आमा समुह, तितिय गुप्तकालिका आमा समुह र सान्तोना दहरे देउराली आमा समुह र राष्ट्रिय लोकदोहोरी प्रटिस्थान हेमजा भएका हुन । प्रतियोगितामा प्रथम, दितिय, तितिय र सान्तोना हुन सफल समुहलाई क्रमस रु२००००, १००००, ७००० र ४००० प्राप्त गरे । त्यस्तै उत्कृष्ट दुहा दुलही तर्फ गन्दर्ब आमा समुह र उत्कृष्ट लुठो तर्फ सिरजनसील आमा समुह हुन सफल भएका छन जसले रु २५०० प्रप्त गरेका छन ।

महोत्सवमा क्षेत्रीय स्तरको राष्टपति उत्कृष्ट पुरस्कारबाट पाचजनालाइ सम्मान गरिएको थियो । सम्मान हुनेमा गोरखाका गाइफमका राजेन्द्रराज पन्त, स्याङजाका रामप्रसाद भण्दारी, अर्गखाचिका गणेसप्रसाद बनजाडे, गुल्मीका बिनबहादुर कुँवर र लम्जुङका कृष्ण बहादुर बचगाइ रहेका छन ।

महोत्सवमा प्रमुख अतिथि प्रदेश न. ४ का भुमी, सहकारी तथा कृषी मन्त्री लेकबहादुर थापा मगरले प्रदेश न. ४ को गौरबको रुपमा आलुलाइ बिकास गर्न सकिने बताउदै आयोक प्रति धन्यवाद ब्यक्त गरे । कार्यक्रममा बोल्दै प्रदश न. ४ लाइ सबै दृष्टिकोेणमा सफल प्रदेश बनाउन सबैै मिल्नु आबसेक रहेको र बाँजो खेत एकिकृत गर्नुपर्ने, खेति योग्य जमिनमा घर निर्माण नहुने सुझाब दिए ।

विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ का सककयोजक श्रेष्ठ र भिमप्रसाद श्रैष्ठले शुभकामना र सञ्चालन महासचिव वसन्त कुमार श्रेष्ठले गरेका थिए।

सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव नवौं राष्ट्रिय हेमजा आलु महोत्सव आजसम्म विष्णुपादुका खेल मैदानमा भइरहेकोे थियो ।

महोत्सवमा रत्यौली गीत प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट राखिएको थियो ।

समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।

महोत्सवमा आकर्षणको रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको थियो ।

eznepal-sidebar add

Rakshya Travel-sidebar