आमाको माया

रजनी मल्ल,
न्यु जर्शी, अमेरिका ।

आमा तिम्रो न्यानो मायामा आफूमा सब थोक पाउछु म

आमा तिम्रो छत्र छायामा आफूलाई सुरक्षित ठान्छु म

आमा तिम्रो हरबखत बर्शिरहने आशिर्वादमा आफूलाई भाग्यमानी मान्छु म

आमा तिम्रो अविरल बगिरहने सम्झनामा हरबखत तिम्रै साथ पाउछु म।

आमा तिम्रा अप्ठेरा परिस्थितिसित सामना गर्ने पाठमा

आफूमा साहस पाउछु म

आमा तिम्रो निश्छल अनि निश्वार्थ भावनामा

आफूमा सन्तोष पाउछु म

आमा तिम्रा सन्तानको सुख दुखको सामेलमा

आफूमा कोहि साथ पाउछु म

आमा तिम्रो पाईलामा सहि मार्गदर्शक भेटाउछु म।

आमा तिमी तिमी कति महान छौ

अनेकौ बाधा अड्चनको बिरुद्धमा

तिमी सुरक्षागार्ड बनिदिञ्छौ

तिम्रो सन्तानप्रतिको यो अमूल्य, अनन्त

अनि निराकार गुणको

मोल हामी कसरि चुकाउन सक्छौ र !

तिमी प्रति हाम्रो आत्मिय अभिबादन छ

तिमी प्रति हाम्रो अगाध माया छ।

eznepal-sidebar add

Rakshya Travel-sidebar