ओलीसँगको वार्ता तोडेर प्रचण्ड पुगे सुकुटे, खुमलटार पुगेर माधव नेपालले गरे यस्तो आग्रह

काठमाण्डाै, २ वैशाख – एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् ।

तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे पुग्ने गरेका छन् । ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको स्रोतले जनाएको छ ।

तनाव भएको बेला रिफ्रेसका लागि प्रायः सिन्धुपाल्चोकको सुकुटे आउँने गरेका दाहाल आइतबार पनि परिवार सहित सुकुटेको इक्वेटर बिच रिसोर्टमाा बस्ने कार्यक्रम रहेको छ ।

माधव नेपाल खुमलटारमा

आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए । वार्ताको बारेमा दुवै पक्षले केही भनेका छैनन् ।

नेपाल निकट स्रोतका अनुसार पार्टी एकताप्रति प्रचण्ड पछिल्लो समयमा उत्साही नदेखिएकाले उनी खुमलटार पुगेका हुन् । प्रचण्डमा कतिपय कुराको शंसय रहेको आफूले पाएको नेपालले निकटस्थहरुलाई बताएका छन् । एकीकरण प्रक्रिया सकेसम्म बैशाख ९ मै टुंग्याउन नेपालले आग्रह गरेका छन् ।

काठमाण्डु टुडे बाट

eznepal-sidebar add

Rakshya Travel-sidebar