गाँउपालिका प्रमुखलाई निधिले भने ‘म बोलेको सुने सुन् , नसुने बाहिर जा’

ऋषिकान्त पौडेल,

पोखरा २ बैशाख ।
मिति २०७५ साल २ गते आईतबार
समय दिनको करीब साढे एक बजे
स्थान नेपाली कांग्रेस कास्कीको शभाहल
कार्यक्रम नेता विमलेन्द्र निधिसँग कार्यकर्ता भेटघाट

निर्धारीत समयभन्दा एक घण्टाअघिदेखि आफ्ना नेताको प्रतिक्षामा बसेका कास्की कांग्रेसका कार्यकर्ता निर्वाचनपछि पार्टीको तल्लो स्तरमा बढेको नैराश्यता र पार्टी पराजयको कारणबारे नेतालाई सुनाउन हतार थिए । कार्यक्रममा यसक्षेत्रका प्रदेश सांसदसहित जिल्लाका सबै नेता कार्यकर्ता उपस्थित थिए । कार्यकर्ता भेटघाट सुरु भयो । जिल्ला सचिव सुदिपमोहन भट्टराईले उपस्थित सबैलाई आसन ग्रहण गराउँदै मुख्य व्यक्ति नेता निधिलाई आफ्नो मन्तव्यका लागि अनुरोध गरे । नेता निधि आफ्नो कुरा सुरु गर्दै गर्दा जिल्लाका कांग्रेस नेता एवं अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पहिले कार्यकर्ताको गुनासो सुनिदिन आग्रह गर्दै केहि कुरा राख्न खोजे ।तर सबै कार्यकर्ताको अपेक्षा विपरीत नेता निधिको जवाफ आयो, म हतारमा छु अहिले केहि सुन्ने फुर्सद छैन । कुँवरले नेतृत्वमा बसेपछि नेताले त्यसो भन्न नमिल्ने भनेपछि नेता निधिले आफु बसीरहेको कुर्सीबाट अघि सर्दै भने मैले बोेलेको सुने सुन् नसुने बाहिर जा ।

नेता निधिको जवाफपछि कार्यक्रमका सहभागि होहल्ला गर्दै बाहिर निस्कन थालेभने जिल्ला नेतृत्वलाई कार्यकर्ता थम्थम्याउन मुस्किल देखिन्थ्यो । आफ्नै नेताद्धारा दुव्र्यबहार भएपछि कार्यकर्ता दुई पक्षमा बाँडीन थाले । देउवा पक्ष भनेर चिनीएका कार्यकर्ता मौन बसे भने पौडेल पक्षका कार्यकर्ताहरु आक्रोशित हुदै कार्यक्रमलाई बहिष्कार गरे । कार्यक्रम बहिष्कार पछि संवाददातासँग उनीहरुले शीर्ष स्तरको नेताबाट भएको गल्ती क्षम्य नहुने बताए । “पार्टीको पूर्व उप शभापति तथा शिर्ष नेता नै आफ्ना कार्यकर्तामाथी जाईलाग्नुहुन्छ भने उहाँलाई हामीले नेता मानेर किन कार्यक्रममा बस्ने ?”–कांग्रेस कार्यकर्ता धनेश्वर न्यौपानेले भने । कार्यकर्ताको भावना सुन्न सक्ने क्षमता नराखेकै कारण पार्टीको यो स्थिती भएको उनको धारणा थियो ।

करीब आधा घण्टासम्म भएको हो हल्ला पछि पुन सुरु भएको कार्यक्रममा कांग्रेस नेता अर्जुन जोशीले घटना दुखद भएको बताए । “प्रदेशको राजधानी जिल्ला कास्की वरपरका जिल्लाहरुलाई राजनैतिक संस्कारको पाठशाला मान्दै आएका छौ तर यो नहुनुपर्ने घटना भयो ए्कदम दुख लागेको छ ।”जिल्लाका पदाधीकारी तह बाहेक देउवा पक्षीय कार्यकर्तामात्रै बसेको कार्यक्रममा दोश्रो पटक बोल्ने क्रममा भने नेता निधिले आफ्नो गल्ती स्वीकारे । “म पारीवारीक भ्रमणका लागि पोखरा आएको हुँ तीन बजे फ्लाईट छ तसर्थ दोहोरो कुरा भन्दा आफ्ना कुरा राख्ने मनशाय राखेको हुँ तर के भयो के आवेगमा आएर गालि गर्न पुगेछु । ” –निधीले भने । अझै उनले वर्षको पहिलो कार्यक्रममै विवाद हुन पुगेको भन्दै ग्लानी महशुस गरेको समेत बताए ।

सफल न्युज बाट

eznepal-sidebar add

Rakshya Travel-sidebar