एनसीसी र आईसीसी बीचको पुलको रुपमा काम गर्छु : राम सी पोखरेल

नेपालय
राम सी पोखरेल अमेरिकाको टेक्सासमा बसोबास गर्ने एक सफल ब्यबसायी हुन उनी ब्यबसाय मात्र गर्दैनन उनी नेपाली समुदायमा आई पर्ने बिभिन्न समस्यहरुमा होस्टेमा हैसे गर्दे सगै हिड्ने सामाजिक ब्यक्ति पनि हुन् । बिभिन्न नेपाली सघं सस्धामा आबद्ध हुदै बिगतमा एनआरएन अमेरिकाको उपाध्यक्ष हुदै एनआरएनको अभियानमा लाग्दै हाल काठमाण्डौमा आगामी २०१९ -२०२१ कार्यकालको लागी हुन गईरहेको निर्बाचनमा अमेरिकाज क्षेत्रको सह– संयोजक मा आफ्नो उम्मेदवारी दिएका छन् ।
बिभिन्न सामाजिक कार्यमा अगुवाको रुपमा लागी पर्ने राम सी पोखरेल एनआरएन अमेरिका र आईसीसी सगं बिधानले ब्यबस्था गरे अनुसार पुलको रुपमा काम गर्दे अगाडी बढने उनको योजना रहेको छ । अमेरिकाज क्षेत्र भित्र पर्ने राष्ट्र हरु मध्ये नेपाली भएर पनि एनआरएनएका गतिविधि हुन नसकीरहेका राष्ट्रहरुमा एनआरएनहरुलाई संगठित गराउँदैं राष्ट्रिय समन्वय परिषद् ले खोल्ने भुमिकामा जोड दिने र त्यसै गरि अर्को महत्वपूर्ण कार्यको रुपमा अमेरिकाज क्षेत्र भित्र रहेका राष्ट्रहरुमा बस्ने नेपालीलाई पर्ने समस्याको समाधानका लागि राष्ट्रिय समन्वय परिषद् भएका राष्ट्रको हकमा एनसीसी मार्फत र नभएका राष्ट्रमा आइसीसीको समन्वयमा काम गर्दे गर्नेछु

एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेको अमेरिका र क्यानडाको एनआरएनए ले एनसिसीमा बढी भन्दा बढी संगठित गर्न राष्ट्रिय समन्वय परिषद्सग मिलेर बिभिन्न कामहरु गर्दे एनआरएन एको अभियानलाई अगाडी बढाउने उनको यो योजनाले पक्कै पनि सफल हुनेमा राम सी पोखरेल ढुक्क छन् र सबैको बिश्वले आगामी निर्बाचनमा अमेरिकाज क्षेत्रको सह– संयोजक मा बिजय हुनेमा आशाबादी रहेका छन् ।