राइजिङ स्टार एकेडेमी प्रा.लिको साधारणसभा सम्पन्न

पोखरा २८ असोज ।
राइजिङ स्टार एकेडेमी प्रा.लिको अाठौ साधारणसभा तथा नेपालीहरूको महान पर्वहरू विजया दशमी,दिपावली तथा छठ पर्वको उपल्यक्षमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै विद्यालयका सन्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक ज्ञान वहादुर कार्कीले सबै सन्चालकहरूको साथ र सयोगले पोखरा १३ लामोडहरमा सन्चालित राइजिङ स्टार एकेडेमी स्कुलले राम्रो प्रगति गरेको बताउदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राइजिङ स्टार एकेडेमीका प्राचार्य सन्जय पौडेलले करीव १६ रोपनी जग्गाँमा सन्चालित राइजिङ स्टार एकेडेमी स्कुललाई सेती पारीको उत्कृष्ट स्कुल बनाउने उध्यश्यका साथ सबैको साथ र सयोगले काम गर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका १३ का वडा सदस्य टंक प्रसाद भट्रराई,बाजापाटन मिलनमार्ग टोल बिकास संस्थाका अध्यक्ष रामराज सिग्देल युवा संघका केन्द्रिय सदस्य पुर्ण लामा नेपाली काग्रेसका स्थानिय नेता सुर्य प्रसाद बराल लगाएत राइजिङ स्टार एकेडेमी प्रा.लिका सेयर सदस्यहरू बिच शुभकामना आदानप्रदान भएको थियो ।