“नदिया लहर ” सँग मेरो शब्द थुँगा

बिकास बिष्ट 

मलाई थाहा छ रोकिनु हुन्न ।
कहिले फराकिलो त् कहिले साघुरो
हो यही बाट शुरू हुन्छ नदिया लहरको कबिताको दर्शन ! नदी, नदी भयर अस्तित्वमा रहदैन जब बगर मा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाह्न्छिन जो आफ्नो पहिचानलाई जिबित राख्न ।
बगर भएर उराठ जिन्दगि बिताउने लाई आफ्नो शितल नदीको स्पर्श संगै रंगीन जिबनको अनुभुती दिलाउछिन आफ्ना जबर्जस्त काब्य बर्षा मार्फत ।
पानी संग उनको अनौठो संबन्ध छ , आकाशबाट पानी झरे झरी त्यही झरी बगेर नदी हुदै बिशाल भण्डारको आकारमा महासागर ! कस्तो चाहना उनको !
यति धेरै रुझ्न सकू
र, मेरो प्यास कसैले नदेखुन ।
तिर्खाएका प्यासहरु
यही बर्षा ले मेटिदियोस ।
चकमन्न रातमा चन्द्रमा लाई साथ् लिइ कहाँ कहाँ खोजिन उनले तारालाई साक्षी राखेर रातभरि आकाश रोइरहदा थाकेको शरीर संगै भौतारिदै प्रेमी संगको वियोगको बेदना लाई कवयत्रीले यति मिठो शब्दहारले ” मेरो सपना ” भन्ने कबितामा उनेकी छन् की यसले जो कोही पाठक लाई भाबुक बनाउछ ।
आमा भन्ने शब्द नै काफी छ ममताको परिभाषाका लागी । यी २ अक्षर नै सबै हो । बाल्यावस्थामा मातृ वियोगको
कठिन पिडा कसलाई बोक्न सजिलो होला र प्रकृतिका हरेक उपज हरुलाई आमाको कल्पना गरेर लेखिएको मेरो आमा भन्ने कबिता मार्मिक छ ।
अत्यन्तै शसक्त कलम ले तिखारेकी छन् ।
शहरमा सुतेर गाऊ पुगेछु , मिठा सपना देख्दै शहर बस्ने नदियाको आफ्नो माटो प्रतीको अगाध माया प्रिय ताप्लेजुङ्ग कबितामा पोखेकी छन् ।
कैयौ पोतवारको प्रतिनिधित्व गरेको यो पोतवार कबिता गरिखाने श्रमजीबीमा समर्पित कथाको कबिता हो , सुख दुखमा सतीसाल झैँ ठडिएर अर्काको लागी जिबन जिउने !
पोल्टाभरि थिए होलान गुनासा तिम्रा पनी
आशुका थोपाहरु मिले होलान कोशीमा ।
कोशी तिम्रो सुख दुखको साथी !
जिन्दगि निरासाको कालॊ बादल होइन आशाको क्षितिज पनी हो कल्पना कती रमाइलो र घमाइलो हुन्छ जब जाने पछि ,
औशीका रातहरु एक्लै बित्छन मेरा
यस्ता काला रात नआइदिए हुन्थियो ।
जहा मैले हेर्ने जून र ताराहरु हुदैनन
जून एक्लो छैन त्यहा ताराहरु पनी छन
सबै भन्दा ठुलो मेरो मन छ त्यहा ।
म आफ्नै शरीर बाट बगेको रगतबाट म कसरि अछुत हुन सक्छु ? भन्दै सामाजिक कुरिती प्रती तिखो प्रहार गर्दछिन ” राजस्वला हुदा ” कबिता मार्फत ।
कुलतमा परेर आफ्नो जिबन बर्बाद गरेका दुर्व्यसनीको कथा बोकेको कबिता ” आत्मग्लानी” र ” माफ गरिदेउ ” मा मार्मिकता साथ् प्रस्तुत गरेकी छन् ।
उही परमआनन्द प्यास जगाइरहेको
अकाट्य सत्य यदी हो भने सर्माउछौ किन ?
हटाएर ती सरमका पर्दाहरु
हराईरहु एक अर्काको न्यानो स्पर्शमा ।
पुगौ फेरी उत्कर्षको चरम बिन्दुमा
बुझ्यौ नी तिमीले ?
उनका कबिता मार्फत प्रकृती नै हो भने किन लुकाउनु छ र ब्रमाण्ड के प्रमाण होइन र मायाको ? यो उनको खुला सोचले पोखीएका यावत कबिता खुला पाना नै हुन् ।
रातो चुरा, धागो र टिका खोसीए
फेरी उही दोष र पोइ टोकुवा लाञ्छना ।
अनी बल्ल मासिक धर्म देखा पर्दछ
एक बिधुवाको मन पर्ने रंग बनेर ।
“मेरो प्रश्न ” कबिताका जबर्जस्त लाइन हुन् यिनी । महिला हिंशा ,बाल बिबाह , बिधवा प्रतीको सामाजिक नजर , लाई अत्यन्तै शसक्त कलम ले तिखारेकी छन् ।
५५ कबिताहरु समाबेश गरी संग्रहित गरिएको यो कबिता पठनीय र संग्रहनीय छ । नेपाली साहित्य जगतमा उदियमान यी सर्जक आफ्ना शसक्त सृजना मार्फत उदियमान होइन किर्तिमान कायम गर्न सफल छिन । ” नदिया लहर ” बाट छुटेको उनको साहित्यिक सफर महासागरको अटल यात्रा सम्म जान सफल होस् भनी एउटा पाठकको नात ले मेरो शब्द थुङ्गा उनको नदिया लहर मा अर्पण गरे ।