विश्वकप फुटबल उद्घाटन [तस्बिरहरु]

जेष्ठ ३१, काठमाडौँ — विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार राति बाट सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् ।

उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगितामा ३२ राष्ट्र सहभागी सहभागी छन्। विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् ।

तस्बिर : रोयटर्स