‘म नेपाली थिए, नेपाली हुँ र नेपाली नै भएर मर्न पाँऊ’: रवी लामिछाने

मुलुकको प्रेस काउन्सीलको अग्रतामा मलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुन सक्ने समाचार आएको छ । मैले यसै कार्यक्रम मार्फत यसैगरी उभिएर शिर ठाडै राखेर छाती गर्वले चौडा नै पारेर आदरणीय दर्शक महानुभावहरु समक्ष वाचा गरेको थिए कि मैले अमेरीका छाडिसके ।

जिम्मेवार व्यक्ति भएको कारण अमेरिकी पासर्पोट प्रकृयागत रुपमा फिर्ता गर्नु पर्दथ्यो । भागेर, पासर्पोट फालेर वा गैर जिम्मेवारी पुर्वक बस्न मिल्दैन थियो । मैले आँफु जन्मेको मेरो देश नेपाल र आफ्नी स्वर्गवासी आमाको कसम खाएर लाइभ टेलिभिजनमा सारा दर्शक सामु गरेको वाचा आज होइन केही समय अगाडि नै पुरा गरीसकेको थिए । मैले अ‍ेमरिकी पासपोर्ट त्यागेको विषय प्रचारमा ल्याउन नचाहेको मात्र हुँ ।

तर देशको प्रेस काउन्सील, त्यसका कार्यवाहक अध्यक्ष, देशका होनहार बरिष्ठ पत्रकाहरु, मन्त्रालयका दिग्गज दिग्गज सचिव, उप-सचिवहरु, कानुन बुझ्न केही बाँकी नै नरहेका वकिलहरु सबै एकै ठाँउमा बसेर मलाई ३ बर्षे जेल कोच्ने नियम पढाउन थालेपछि म यो भन्न बाध्य भए कि मैले औपाचारीक रुपमा आधिकारीकरुपमा सम्पुर्ण प्रकृया पु¥याएर, गर्वले अमेरिकी पासर्पोट, सिटीजनशिप स सम्मान अमेरीकी दुतावास मार्फत अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टलाई बुझाइ सकेको छु ।

कार्यक्रमम बन्द गराउन र मलाई सकेसम्म नेपालबाटै निकाल्न पत्रकारिता क्षेत्रकै वरिष्ठहरु र तिनलाई राज्यका कुनै पनि ढड्डा रहेको गोप्य सुचना दिने केही कर्मचारीहरुले थाहा नपाउन् भनेर पनि यो सुचना लुकाए । देशै निकाला गर्नुपर्ने के अपराध गरेछु, ३ वर्ष जेलमा जान पर्ने के अपराध गरेछु भनेर सोचेको सोच्यै छु ।

देशका लाखौ युवाहरु जस्तै थोरै रहर र धेरै बाध्यता बोकेर म विदेशीए । केही जानेर सिकेर परदेश त्यागी घरदेश फकिए । पुन थोरै रहर र धेरै नितान्त व्यक्तिगत परिस्थीतिले जन्माएको बाध्यताले गर्दा मैले अमरिकी पासर्पोट लिनुप¥यो । यो मेरो गल्ती नभएपनि कमजोरी जरुर थियो ।

शब्दहरुको बान्की मिलाएर, तर्कहरु कनिकुथी भएपनि दिएर, निन्याउरो अनुहारमा सहानुभुति खोजेर मैले न्वारान देखिकै बल लगाएर ढाकछोप वा पुरपार गर्न खोजे पनि यो मेरोे कमजोरी नै हो ।

यसका लागि मैले गाली खानै पर्छ । आलोचना सुन्नै पर्छ । शिष्ट अशिष्ट, स्लील, अस्लील सब गाली पेटभरी खाएर मात्रै म यो दोषबाट मुक्त हुन सक्छु । मैले नेपालको नागरिकता बुझाएर, एनआरएन कार्ड लिएको भए नेपालमा काम गर्न कुनै झण्झटको सामना गर्नु पर्ने थिएन ।

नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई एनआरएन कार्ड लिएपछि नेपाली नागरिक सरह व्यापार व्यवसाय आदी गर्ने सुविधा दिएको छ तर त्यसका लागि मैले नेपाली नागरिकता बुझाउन पर्दथ्यो ।

मलाई, चिटिक्क परेर शिरमा ढाका टोपी ढल्काएको दुवै कान देखिने फोटो भएको प्राण जस्तै प्यारो नेपाली नागरिकता कुनै पनि मुल्यमा गुमाउनु थिएन, त्यसैले संसारको कुनै पनि देश जान भिषा लिनै नपर्ने, संसार मै आंैलामा गन्न सक्ने मानिसले मात्र परित्याग गरेको अमेरिकी नागरीकता र पासर्पोट हाँसेर, नाचेर र गर्वका साथ त्यागी दिए ।

म सँग अहिले अमेरीकाको भिषा पनि छैन । अमेरीका मात्र होर ? म सँग त कुनै पनि देश जाने भिषा नै छैन । मलाई देशबाटै लखेट्न पर्छ भन्नेहरुले अब आँखा लगाउने भनेको त्यही मैले माया गरी जतनले राखेको ढाकाटोपी ढल्काएको फोटो भएको नेपाली नागरिकता मात्रै हो ।

मलाई थाहा छ मेरो त्यही प्यारो नागरीकता पनि खोस्ने कानुनी व्यवस्था कही न कही संविधानमा लेखिएको छ, होला भनेर संविधानका पाना पानामा म्याग्नीफाईन ग्लास लगाएर खोज्ने कामको शुरुवात पनि भईसकेको छ तर यति खेरसम्म नेपाल सरकारको गृह मन्त्रालयले त्यो मेरो प्यारो, ढाका टोपी ढल्काएको, दुवै कान देखिने, मरन्च्यासे, चुच्चो न चुच्चो नाक भएको फोटो भएको नागरिकता बदर गरेको छैन ।

देशबाट निकाल्न मरिमेटी लागी परेकाले र २÷३ वर्ष जेलै कोच्ने मास्टर प्लान बनाउन सक्नेले अब मलाई विदेशी भन्न नपाएपछि नागरिकता नै खारेज गर्न पनि पहल गर्न सक्लान् । यदी त्यस्तो भयो भने म देशै नभएको मानिस हुनेछु । मेरो त देश नै हुने छैन । म त देश नै हराएको मान्छे हुनेछु । जन्मभुमीमा केही गरौँ भनेर विदेशको सुख, सुविधा, ऐस आराम त्यागेर आएको छु । मलाई अब घरी घरी नचलाइदिनुहोला ।

विवेकले भ्याएसम्म यो देशको सेवा गरेको छु, नेपालकै नाममा विश्व कीर्तिमान पनि राखेको छु, आवाज विहिनहरुको दरिलो, र अलि चर्कै भएपनि युग युगसम्म सुन्न सकिने आवाज बनेर यहि देशमा मगमगाउन चाहन्छु, यही माटोमा मर्न चाहान्छु । म नेपाली थिए, नेपाली हुँ र नेपाली नै रहेर मर्न पाँउ भन्दै बाचुन्जेल यही भन्न पाउ कि आउनुहोस्, शुरु गरौँ जनताको चासो गुनासो र प्रश्न सहितको बिषेश कार्यक्रम सिधाकुरा जनतासँग ।

News24Nepal.TV

eznepal-sidebar add

Rakshya Travel-sidebar