विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात

असार ८, काठमाडौं । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ ।सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग सङ्घले बताएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ ।

पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

नेपाल पश्मिना उद्योग सङ्घका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए । पश्मिनाको कारोबार सन्तोषजनक रहेको उनले बताए ।

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा रू. दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको विक्री हुने गरेको सङ्घले जानकारी दिएको छ ।

विदेशी मुलुकमा रू. दुई अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्यालले बताए । अधिकांश पश्मिना उद्योग काठमाडौं उपत्यकामा रहेका छन् । रासस

eznepal-sidebar add

Rakshya Travel-sidebar