कम्युनिष्ट मोहले गर्दा अमेरिकी सेनाको जागिर चैट

असार ८, अमेरिका । कम्युनिस्ट मोहका कारण एक अमेरिकी सैनिकको जागिर गएको छ । हालै अमेरिकाको सैनिक महाविद्यालय ‘युनाइडेट स्टेट्स मिलिटरी एकेडेमी’ बाट सैनिक क्याडेट परीक्षा उत्तीर्ण गरेका उनी सेवाबाट बर्खास्त भएका हुन् ।

उनको कसुर के थियो भने उनले चे ग्वेभाराको फोटो भएको टिसर्ट लगाएका थिए र आफ्नो टोपीको भित्रपट्टी ‘कम्युनिस्टहरू विजयी हुनेछन्’ लेखेका थिए ।

स्पेन्सर र्‍यापोन नामक ती २६ वर्षीय युवाले समाजवादी आन्दोलनका विम्ब ग्वेभाराको फोटो भएको टिसर्ट लगाएको फोटोसहित अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन् ।

उनलाई सैनिक नियमविपरीतका काम गरेको अभियोग लगाइएको थियो । उनले इन्टरनेटमा समाजवादी आन्दोलनको पक्षमा विचारहरू व्यक्ति गरेको सैनिक अनुसन्धानले देखाएको छ । उनले एउटा हात मुठ्ठी पारेर सलाम समेत गरेको फोटोमा देखिन्छ ।

‘म आफूलाई क्रान्तिकारी समाजवादी मान्छु’, २६ वर्षीय स्पेन्सरलाई उद्‍धृत गर्दै गार्डियनले लेखेको छ, ‘म अन्य सैनिकहरू जोसँग विवेक छ र हतियार फालेर मेरो अभियानमा लाग्न चाहन्छन्, उनीहरूलाई साम्राज्यवादको एजेन्टको सेवा गर्नुभन्दा क्रान्तिकारी अभियानमा जोडिन आग्रह गर्छु ।’ एजेन्सी

eznepal-sidebar add

Rakshya Travel-sidebar