गायक तिलक श्रेष्ठको “सुनसान बगरमा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपालय, न्युयोर्क । प्रवासमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएका अमेरिका निवासी गायक गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्वम ‘उषा’मा रहेको ‘सुनसान बगरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न् ।

गीतकार पासा‌ङ शेर्पाको शब्द र चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको गीत निकै मार्मिक रहेको छ । यस गीतका एरेन्जर स्वयम् हरि लम्साल हुन् भने गीतको मिक्सिङ र माष्टरिङ भने प्रकाश मिश्रले गरेका हुन् ।जीवन भट्टराई र सम्पदा बानियाँको मन छुने अभिनय रहेको यस गीतको म्युजिक भिडियोको क्यामारा उत्सव दाहाल , एडिटिङ निशान घिमिरे र निर्देशन प्रकाश धितालले गरेका हुन् ।

गीतको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् 

eznepal-sidebar add

Rakshya Travel-sidebar