मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको २५ देखी २९ गते सम्म महोत्सव हुने जानकारी दिएको छ ।

पर्यटकीय हिसाबले महत्वपुर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचार प्रसार गर्नका लागि सांस्कृतिक महोत्सव आयोजना गर्ने लागेको चापाकोट पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।

उनले महोत्वमा स्थानीय सस्कृती, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी प्रस्तुती, हास्यकलाकारको प्रस्तुती रहने बताए । त्यसैगरी महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिताले दर्शकको मन तान्ने बताए । त्यसै गरी चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले चापाकोटमा अहिले २५ घरमा होमस्टे सञ्चालनमा आइसेको बताए ।

उनले २५ घरमा करिब १सय ५० जनालाई राख्न सकिने बताए । उनले चापाकोटमा करिब ३ सय घर धुरी रहेको भन्दै पर्यटक बढ्दै जादाँ होमस्टेको संख्यापनि थप्दै लैजाने बताए । चापाकोटमा पाइने लप्सी, तरुल, दमौरा लागएतका स्थानीय फल सबैलाई खुवाउने उनले जानकारी दिए । लप्सीको अचार, मह लगाएतका स्थानय उत्पादन मेलामा विक्रि वितरण गर्ने उनले बताए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने भएको छ ।