आन्दलनरत इरानी नागरिकलाई अमेरिकाको साथ

इरानका राष्ट्रपति हसन रुहानीले सार्वजनिक सम्पति तोडफोड गर्ने र हिंसा फैलाउने विरुद्ध जुनसुकै कारवाही गरिने चेतावनी दिएका छन् ।

फरक विचार राखेर सरकारका गतिविधिप्रति असन्तुष्ट व्यक्त गर्ने अधिकार भएपनि विरोधको नाममा असामाजिक काम गर्नेलाई कारवाही गर्ने उनले चेतावनी दिएका हुन् । इरानमा केही समय यता इन्धनको मुल्य वृद्धि भएसँगै सुरु भएको आन्दोलनका क्रममा सुरक्षाकर्मी तथा आन्दोलनकारीबीच झडप हुँदा २ जनाको ज्यान गएको छ १ हजारभन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणका दिइएको छ ।

सार्वजनिकस्थलमा तोडफोड भएको छ भने बैंकहरुमा समेत आगजनी गरिएको बताइएको छ । इरानमा यतिबेला हिंसा अझै नबढोस् भनेर इन्टरनेटको पहुँलाई समेत सरकारले घटाइदिएको छ ।

यता आम नागरिकले सरकारका काम कारवाहीको विरोध गर्न पाउने अधिकारलाई इरानले कुण्ठित गरेको भन्दै अमेरिकाले इरानको कदमको निन्दा गरेको छ । ‘संयुक्त राज्य अमेरिकाले इरानी नागरिकलाई उनीहरुको नेतृत्वविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनको समर्थन गर्छ’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।