व्यवसायी साथीहरुको अप्ठयारोमा सयोगी वन्न चाहन्छुः भण्डारी

ऋषिराम शर्मा भण्डारी
उम्मेदवार
कार्य समिति सदस्य, पोखरा उद्योग वाणिज्य संघ

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन आगामी असोज ५ र ६ गते पोखरामा हुँदैछ । महाविधेशनबाट १० जना कार्य समिति सदस्य चुनिनेछन् । कार्य समिति सदस्यमा उम्मेदवारी दिएका व्यवसायी ऋषिराम शर्मा भण्डारी पनि आफ्नो उम्मेदवारी दिएका छन् । कानुनमा स्नातक गरेका भण्डारी विगत २५ वर्ष देखि पालिखेचोकमा मनकामना वुक्स एण्ड स्टेशनरी चलाएर वसेका भण्डारी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचिव हुन भने कास्की जिल्लाको पुर्व अध्यक्ष हुन् । उनी कलम वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन डिष्ट्रिक ३२५ बि को पूर्व अध्यक्ष जानकी आधारभुत विदालय महतगौंडा पोखरा १७ को अर्थ संयोजक अकला मन्दिरको तथा विरौटा क्लवको आजीवन सदस्य नेपाल वार एशोसियसनको सदस्य नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको संयोजक तथा कास्की शाखाको सल्लाहकार समेत रहेका छन् ।
भण्डारी संयोजक रहेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले २०६९ सालको मङ्सिरमा नौ दिन सम्म पोखरामा पुस्तक तथा शैक्षिक महोत्सव अत्यन्त सफल्तापुर्वक सम्पन्न गरेको थियो । भण्डारीले लायन्स क्लवको पढाउ अभियानमा एक लाखको अक्षयकोष समेत राखेका छन् । कार्य समिति सदस्यमा उम्मेदवारी दिएका व्यवसायी ऋषिराम शर्मा भण्डारीसँग नेपालयका मनोहरि पौडेलले गरेको कुराकानीको सारः

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिती सदस्य पदमा तपाईंको उम्मेदवारी किन ?
मैले आज सम्म विभिन्न संघ संस्थामा लागे र मैलै विगत २५ वर्ष देखि व्यापार बिजनेशमा लागे यो अवधीमा आफुले सीकेका सकारात्मक कुराहरुलाई सम्पुर्ण व्यवसायी साथीहरुलाई वाडन र केहि नयाँ कुराहरु ग्रहण गर्नको लागी आज मैले कार्यसमिती सदस्यमा आफ्नो उम्मेदवारी दिएको छु । व्यवसाय सञ्चालन गर्दा घरभाडा देखि कर, ढुवानी, ईन्सुरेस लगाएत विभिन्न समस्या बन्ने गरेको छ । यसको सहजीकरणको लागि भुमिका खेल्नका लागि पनि मेरो उम्मेदवारी हो । आफूूसँग भएका कानुनी ज्ञानलाई प्रयोग गरी व्यवसायमैत्री नीति बनाउन पनि मेरो भुमिका महत्वपूर्ण रहनेछ । समग्रमा भन्नु पर्दा व्यवसायी साथीहरुका समस्याहरु समाधान तथा सहजीकरण गर्नको लागी पनि मेरो उम्मेदवारी हो । मेरो प्रमुख भूमिका तथा प्राथमिकता पनि यसैमा रहने छ ।
चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ मतदाताहरुवाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले विगत पच्चीस वर्ष देखी पालिखेचोकमा मनकामना वुक्स एण्ड स्टेशनरी चलाएर वसे यस अवधिमा थुप्रैले मलाई चिनेको अनुहार हुदो रहेछ । धेरै ठाँउमा मैले राम्रो प्रतिक्रिया पाएको छु एसमा उहाहरुको कुनै राजनितिक गन्ध समेत पाएको छैन । मतदाताहरुले पोखरा उद्योग वाणिज्य संघको यो चुनावमा योग्यता र क्षमताको हिसावले र विगत लामो समयसम्म व्यापार विजनेश गरेको साथै सामाजिक हिसावले पनि तपाई सवै भन्दा योग्य हुनुहुन्छ त्यसकारण तपाईले चुनाव जित्नु पर्छ तपाई जतिको योग्य मान्छे संघमा आवश्कता रहेको छ भन्ने गरेका छन् । म त्यसकारणले समेत उत्साही भएको छु ।
तपाई चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?
म अहिले सम्म पुगेका ठाउहरुमा पाएको प्रतिक्रिया अनुसार र मेरा व्यवसायीक साथीभाईहरु मतदाताहरु तथा ईष्टमित्रहरु सवैको मलाई उल्लेख माया ममता तथा सयोग रहेकोले पनि चुनाव जित्नेमा म ढुक्क छु ।
पोखरा उद्योग वाणिज्य संघको यो पालिको चुनावमा वढी राजनितिक दखियो भनिन्छ के होला ?
खासगरी पोखरा उद्योग वाणिज्य संघ व्यापार विजनेश गर्नेहरुको हकहितको लागी खोलिएको संस्था हो । यो पोखराको सम्मानीत तथा सवैभन्दा पुरानो संस्था समेत हो । यसले गर्दा यसको गरीमा यसको लोकप्रियता यसको गौरव अन्य संस्थासंग तुलना गर्न मिल्दैन । तर अहिले जुन राजनितिक गन्ध दखियो भनिएको छ मलाई के लाग्छ भने यसको नेतृत्व गर्ने पात्रहरु फेरीएका छैनन् त्यही भित्र विभिन्न पदमा रहनुभएका साथीहरु हुनुहुन्छ विगत लामो समय देखि व्यापार विजनेश गर्नुभएका साथीहरु हुनुहुन्छ । उहाँहरुवाट नै उम्मेदवारी आएको छ । चुनावी दौरानमा लोकतान्त्रिक साथीहरु प्रगतिशील साथीहरुकोमा भोट माग्न जानुभएको छ भने प्रगतिशील साथीहरु पनि लोकतान्त्रिक साथीहरुकोमा भोट माग्न जानुभएको छ । त्यसकारण साथीहरु सवै आस्था विचार राख्ने साथीहरुकोमा जानुभएको छ हामी विच एकदम स्वहाद्रपुर्ण वातवरण रहेको छ वाहिर सुनिय जस्तो त्यस्तो अप्ठेरो छैन । मैले यसलाई सामन्य रुपमा नै लिएको छु ।
अन्तमा के भन्नुहुन्छ ?
आदणीय मतदाताहरु म कुनै लाभको पदमा जान लागेको हैन म त्यहाँ व्यवसायी साथीहरुको दुःख कस्ट अप्ठयारोमा सयोगी वन्न जान लागेको हुँ । व्यवसायी साथीहरुका समस्याहरु समाधान तथा सहजीकरण गर्नको लागी पनि मेरो उम्मेदवारी हो । त्यसकारण सवै व्यवसायी साथीहरुले मलाई भारी मतले विजयी वनाउनुहुनेछ भन्ने मैले पुर्ण आशा अनि विश्वास लिएको छु ।

eznepal-sidebar add

Rakshya Travel-sidebar