काठमाण्डाैका मेयर सरकारी पैसामा श्रीमतीसहित अमेरिका

काठमाण्डाै ५ असोज– सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् ।
उनको भ्रमण टोलीमा ९ सदस्य छन् ।
१० दिने भ्रमणतालिका छ । सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ । नयाँ पत्रिकाबाट

eznepal-sidebar add

Rakshya Travel-sidebar