राष्ट्रकविको सयौ जन्म दिवस मेरो नमन

पुनम काफ्ले ।

मनुष्य जीवन, अनमोल जीवन, प्राप्त गर्नु सौभाग्य हो
जिएर नै यस्लाई जीवन्त बनाउन सक्नु अहोभाग्य हो

एक सय बर्ष पुग्नु भएका राष्ट्र कवि श्री माधवप्रसाद घिमिरेज्यूमा जन्मउत्सवको हार्दिक मंगल मय शुभकामना अर्पण गर्दछु साथै यो पावन अवसरमा पूज्यबरको सुस्वास्थ तथा सुख शान्तिको कामना पनि गर्दछु ।

बिक्रम संबत १९७६ लमजुंगमा जन्मनु भएका कबिज्यूको जीवनमा धेरै उतार चढाब आए होलान्, अनगिन्ती ऋतुहरु बदलिए होलान् तर वहाँको साहित्यिक प्रतिभा निरन्तर प्रकाश मान भइरह्यो, वहाँका कृतिहरुले नेपाली साहित्यको इतिहासलाई सम्बृद्धशाली बनाईरह्यो् ।

माधबप्रसाद घिमिरेज्यूमा विराजमान बिश्वास, हौसला, देश प्रतिको माया, बौद्धिक शक्ति आदिले गर्दा नै आज वहाँ शिखरमा पुग्न सफल हुनु भएको छ्र यस्ता कबि नेपाल ले पाउनु सौभाग्य हो, साथै यो उमेर सम्म साहित्यमा योगदान दिन पाउनु ,दिन सक्नु, वहाँको पनि अहो भाग्य हो ।

कतिपय साहित्यकारहरुको केवल हामी साहित्य पान गर्न मात्र सक्छौँ, वहाँका बर्णन मात्र सुन्न सक्छौं, सम्झेर भाव बिभोर मात्र हुनसक्छौं्र माधब प्रसाद घिमिरेज्यू त हामी संग हुनुहुन्छ्र यस्ता साहित्यकार राष्ट्रले जन्माउनु राष्ट्रको सम्पन्नता हो्र जनताले गौरव गर्नु पर्दछ ।

बाँच्नु ठुलो कुरा होइन, बाँचेर जीवन महिम्न बनाउनु ठुलो कुरा हो आज कविवर जिएर आफ्नो योगदानको रसस्वादन गर्दै हुनुहुन्छ्र आफ्नो जीवनकाल मै पूर्णता प्राप्त गर्दै हुनुहुन्छ, यो भन्दा खुसीको कुरा अरु के होला ।

आफ्नो साधनामा सक्रिय रहन घर परिवार समाज र आफू भित्र सन्चित आत्मबलको ठूलो भूमिका रहन्छ्र महाकाव्य लेखनमा तल्लिन कविज्यूको अन्तर्मनको उर्जा आफैमा उदाहरण छ ्र अवश्य ,वहाँका परिपक्व साहित्यिक कलमले फेरि साहित्यको फाँट सजाउने छ ।
माधबप्रसाद घिमिरे एक देश भक्त कवि हुनुहुन्छ, वहाँको लेखहरुमा देशप्रेम, करुणा, शृंगार रस, प्रकृतिको विशिष्टता, देखे भोगेका जीवन चित्र र समाजमा घटित घटनाहरुको प्रधानता पाइन्छ ।
गीत, कविता ,निबन्ध, खण्ड काब्य, आदिका धनी माधबप्रसाद घिमिरेज्यूका थुप्रै थुप्रै रचनाहरु बहुजनोपयोगी छन््र बिबिध विधाका लेखहरु लेख्न र भन्न म अहिले असमर्थ छ ।
जस मध्ये गौरी र मालती मङ्गलेले पनि हाम्रो समाजमा व्यापक लोक प्रियता कमाएको छ ।
जति बेला नेपाली समाजमा पति, आफ्नो परिवार सामुन्ने आफ्नो पत्नी संग बोल्न हिच्किचाउँथे थिए, दुइ शब्द माया प्रेमका उद्गार त परै जाओस, पत्नी, पतिको सेवामा पूर्ण रुपले समर्पित मात्र हुन पर्दथ्यो , त्यतिबेला पत्नी वियोगमा लेखिएको गौरी काब्यले बिहाता नारीहरुको मन पनि एकदम छोयो ्र गौरी काब्य कृतिले, पुरुष हृदयमा निहित कोमल भाव र पत्नी प्रतिको मायालाइ नारी समाजले मनन गर्यो ्र पतिहरुले पत्नीलाई मुटुको एक कुनामा राख्दा रहेछन् भन्ने बुझे, पत्नीहरुको आन्तरिक मनमा सौहाद्रता जाग्यो ।

मैले सुने अनुसार स्वर्गीय पत्नी गौरी अक्षर चिन्नेहरुले दोहर्याई तेहराई पढ्थे रे, अक्षर नचिन्नेले पनि अरु बाट श्रवण गरेर भाव विह्वल हुन्थे रे्र सायद त्यसैले पनि गौरीका सुन्दर शब्द र मार्मिक भाखाहरु आज पनि कति पय जन समुदायमा मुखाग्र छ ।
बाल्यकाल देखि गौरीको चर्चा पनि सुन्दै आएको हुँ्र लाग्दछ जसरी माधवप्रसाद घिमिरे चर्चित बन्नु भएको छ त्यसरी नै गौरी पनि चर्चित बन्नुभएको छ ।

प्रेम र न्यायमा आधारित मालती मङ्गलेले उल्लेखनीय योगदान दिएको त हाम्रो सामु प्रत्यक्ष छ । अम्बर गुरुङको संगीतमा आधारित गीति नाटक मालती मङ्गलेले तत्कालिन समाज र बजार ओगट्न सफल भएको हो ्र माया प्रेमका जोडीको बिछोडलाई दासत्व मुक्त गराएर मिलन गराउन सक्छ भन्ने कुरालाई प्रकाश पारेर राम शाहको दया र न्यायलाई उचालेको छ । हृदय छुने यो गीति नाटक आज पनि उत्तिक्कै चर्चामा छ ।
वहाँका यस्तालेखहरुले ज्ञान प्रदान गर्दछ, पिउनु पर्दछ ।

आज भन्दा २०,२२ बर्ष अघि मेरो भेट राष्ट्र कवि माधबप्रसाद घिमिरेज्यू संग भएको हो, वहाँछोरी ज्योति पौडेललाई भेट्न अमेरिका आउनु भएको थियो्रहामी मेनहटनको एकै ूबिल्डिंग ू मा बस्द्थ्यौं र हाम्रो भेट दिनानुदिन हुन्थ्यो्र मैले सोही भेटको अवसरमा कविज्यूमा साहित्यिक तेज बाहेक धेरै कुराहरु पाएँ ।
खुशी रहनु , हौसला प्रदान गर्नु, आफ्नो पनि ध्यान राख्नु, जोश, उत्साह र सकारात्मक सोचले जिउनु, आदि इत्यादि वहाँका व्यक्तित्वले म मा श्रद्धा पल्ल्वित भयो, पिता समान कविवर मेरो हृदयमा बस्नु भयो ।
खानाका सौखिन बाबाले , आस् नानी ट्वाक्क टुक्क खानु पर्छ हैन त रु भन्दै जिब्रो पटकारी पट्कारी खाएको सम्झदा अझै रमाइलो लाग्दछ्र
नेपाल जाँदा राष्ट्रकविको नाताले भन्दा पनि आदरणीय बाबाको नाताले संधै भेट्न जान्थे, पुस्तक उपहार दिन्थें , पढेर सुनाउनुस भन्नु हुन्थ्यो, म मच्ची मच्ची कविता सुनाउँद थिएँ, बाबा हाँस्नु हुन्थ्यो्र राम्रो प्रतिक्रिया दिनु हुन्थ्यो , राष्ट्र कविको साथले आनन्दको बोध हुन्थ्यो्र मेरो ूबारुलाू कबिता सुनेर “ डस्लान” है भन्नु भएको हिजै जस्तो लाग्छ ्र
एक पटक वहाँलाई सन्चो थिएन, मुहार फिक्का फिक्का थियो, हामी दम्पती संग हौसी हौसी कुरा गर्दै पनि हुनुहुन्थ्यो वहाँलाई खोकी लाग्यो तर गफ चलिरह्यो्र आमाले, कुरा मिले पछि त त्यस्तै हो, भो अहिले चूप लाग्नोस, फेरि खोकी बढेर रात भरि सुत्न हुन्न भन्नु भयो्र बाबा फेरि खोक्दै हसाँउन थाल्न भयो, अब भने हामीले हिड्नै पर्ने भयो हामी वहाँको स्वास्थको कदर गर्दै निस्कियौं।
कहिले काँही हामी दुवै दम्पतीलाई एकै पटक बाबालाई भेट्न जाने अनुकूल मिल्दैन थियो तर मलाई देख्ना साथ खै त किरण बाबु भनेर सोध पुछ गरि हाल्नु हुन्थ्यो, सायद वहाँलाई मच्ची मच्ची कुरा गर्नु थियो किरु म यस्तै सोच्दै हाँस्थें्र
बाबालाई भेटे पछि अमेरिका बसाईको कुरा झिक्नु हुन्थ्यो, सबैलाई सम्झना गर्नु हुन्थ्यो, म आनन्दको अनुभूत गर्थें्र वहाँलाई भेटे पछि उर्जा थपिए जस्तो लाग्दथ्यो्रआशिष दिनु हुन्थ्यो, प्रेरणा बन्थ्यो ।

लाग्दछ जीवनमा कहिले पनि आखिर क्षण हुँदैन, हर चीजमा संभावना हुन्छ ।
दुइ चार महिना अगाडि माधबप्रसाद घिमिरे बिरामी पर्नु भयो्र चिन्ता त थियो, तर वहाँ तंगरिनु भयो्र वहाँमा एउटा शक्ति छ वहाँ सितिमिति गल्नु हुन्न्र आज राष्ट्र कवि हामी माझ हुनुहुन्छ, हामीले जन्म दिनको सुखद कामना गर्ने अवसर पाएका छौं ।
यस्ता कबि हर युग मा जन्मिउन, हर युगमा साहित्यले राष्ट्रलाई उचालुन, राष्ट्र र जनता बाट सम्मानित भइरहुन, जुनी जुनी सम्म चर्चा चलिरहोस्र साहित्य र साहित्यकार देशको जुहार हुन् संधै झल्किरहुन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको बारेमा म के लेखु ररु मैले यहाँ केवल जन्मदिनको मिठो उद्गार पोख्न कलम चलाएकि मात्र थिएँ, केही भावहरु छचल्किएर पोखिए्र पुनस् एक पटक राष्ट्र कवि सय बर्षपुगेको खुशियालीमा जन्मदिन बधाई तथा उत्तरोतर प्रगतिको कामना गर्दछु्र राष्ट्र कवि माधबप्रसाद घिमिरेको आगामी जीवन सदा झैँ फक्रिरहोस,अजस्र शुभकामना ।

eznepal-sidebar add

Rakshya Travel-sidebar