पत्रकार शतिसको तिम्रो मन कोमल

न्युयोर्क
कहिले गायक, गायिका त कहिले सङ्गितकारसगै कला क्षेत्रमा रमेका कलाकारहरुका दिनचर्या देखी सर्घषका पाटाहरुका केश्रा केश्रा केलाउदै आएका पत्रकार सतिश चापाकाईले हालसालै मात्र उन्कै शब्द तथा अभिनय रहेको नयाँ गीत तिम्रो मन कोमल
सर्बोजनिक गरेका छन् ।
आफुले मन पराएकी युवतीको हरेक चीज चाहे मन होस या हेराई,ेउसका हरेक अङ्ग अङ्गअरुलाई कोमलतामा यस गीतमा बर्णन गरिएको छ ।
आफ्नो नजरमा रहेको मायालुलाई हरेक कोणबाट हेर्दे कोमलता भेटाउने यो गीतको र्मम रहेको छ । मायालुको कोमतालाई यस गीतमा मिठास रुपमा बर्णन गरिएको छ । स्वस्थ मन भएको कोमल ह्रदय भएको मायालु पाँउन पनि धेरै गाह्रो हुने समेत यस गीतमा ब्यक्त गरिएको छ ।

चापागाईं नेपाल प्रेस युनियन पाल्पाका पूर्व जिल्ला सभापति तथा अमेरिकाबाट सञ्चालित ‘नेप्लिस डायस्पोरा’का प्रधान सम्पादक समेत हुनु । गीतमा उनकै शब्द, तथा रामकृष्ण ढकालको आवाज रहेको छ भने आलोकश्रीकॊ संगीत संयोजन रहेको छ ।

अभिनयमा चापागाईंलाई नायिका नग्मा श्रेष्ठ्लॆ साथ दिएकी छन् । गीत नेप्लिस डायस्पोराको युट्युब चयानलबाट सार्वजनिक गरिएको हो । लामो समयसम्म नेपालमा पत्रकारीता गरेका चापागाँई हाल संयुक्त राज्य अमेरिको बाल्टिमोरमा बस्दै आएका छन् ।