प्रदेशको सीमांकन र नेपाल

थारुहरुले भदौ ७ गते गरेको आन्दोलनमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानु चानेचुने घटना हुँदै होइन । मुलुकका थुप्रै आन्दोलनहरुमा कहिल्यै त्यस्तो भएन । त्यही आन्दोलन किन हिंसात्मक भयो भन्ने कारणलाई नजर अन्दाज गरियो भने मुलुकले फेरि फेरि पनि हिंसाकै नोकझोकमात्रै होइन ठूलो व्यवधान सहनुपर्नेछ । थारु समुदाय साँच्ची नै पछि पारिएको समुदाय हो । यो विशुद्ध कोटीको आदिवासी नेपाली समुदाय हो । तराई मधेसमा औंलोको महामारी हुँदा लामखुट्टेसँग जुधेर औलो पचायर यो समुदायले खेतखलियान बनायो । तर, पछिल्लो समय दास र कमैया वा हलिया बन्यो यो समुदाय ।
पुस्ता पुस्तान्तर दास र कमैया बनाइएको समुदायले न प्रजातन्त्र आएपछि केही पायो न गणतन्त्र आएपछि । दास बनेबापत मुक्ति त पायो तर गरिखाने उसको उपाय थिएन । फेरि मालिकभक्ति नगरी सुख पाएन । राज्यले त्यस्तो समुदायका निम्ति विशिष्ट आरक्षण वा व्यवस्था गर्नै पथ्र्याे । सम्भवत मूलधारबाट फेरि पनि उछिट्टिएको महसुस गरेकैले थारु आन्दोलित भएको हुनुपर्छ । सामाजिक सञ्जालका भित्ताहरुले उनीहरुले मच्चाएको हिंसाको विरोध गरेरमात्रै कुनै नेपालीको कर्तव्य पूरा हुँदैन । हो हिंसा निन्दनीय छ र भत्र्सनायाोग्य पनि । अनि हिंसा बेठिक हो । आततायी घटना भयो । अमानवीयता प्रकट भयो भनेपछि हाम्रो कर्तव्य पूरा हुन्छ । कि त्यो विष्फोट र हिंसाको कारण खोतल्नुपर्छ ? हो मुलुक गरिब छ र कुनै खास समुदायलाई पाल्न पोस्न सक्दैन भने पनि अरुले पाएको सम्म सहजपन सबैले अनुभूत गर्न पाउने व्यवस्था हुनुपथ्र्याे ।
तराई मधेसका थुप्रै जिल्लाहरु झन्डै महिना दिनदेखि बन्द छन् । हडताल चलिरहेको छ । मधेसका थुप्रै नेताहरु भारतमा गएर खुल्लम खुला सहयोगको याचना गरिरहेका छन् । त्यस्तो याचना राष्ट्रघाती हो तर, मधेसको मागको यथोचित सम्बोधन महŒवपूर्ण छ । मन मखु मधेसिया खः अर्थात मान्छे होइन, मधेसी भन्ने राजधानीको संस्कार पहाडका सबैसबै जिल्लाहरुमा थियो र छ पनि । मधेसका नेपालीले नेपाली हुन नपाएको त सत्य हो । सांस्कृतिक रुपमा फरक भएकैले हमेसा मधेस फरक देखिए । फरक व्यवहारको चेपुवामा परिरहे । तर, एउटै भूगोलभित्र भएपछि उनीहरुको आत्मसम्मानमा ठेस लाग्न दिनु हुँदैनथ्यो । अहिले त्यो व्यवहार करेक्सन गर्ने मौका हो । जुन थारु र मधेसीहरुले नै दिएका छन् । अझै कतिपय पहाडी नेताहरुमा मधेसलाई पेलेरै र दबाएरै ठिक गर्नुपर्छ भन्ने जस्तो सोच देखिन्छ । त्यो भनेको उनीहरुलाई नेपालीको समान हक दिन कन्जुस्याइँ गर्ने मनोवृत्तिकै निरन्तरता हो । असमान व्यवहारले कहिल्यै पनि कुनै पनि समुदायको आन्दोलन साम्य हुँदैन । आज शिथिल होला तर, भोलि अर्काे दिन कुनै न कुनै दिन विष्फोट हुन सक्छ ।