बगलुङ्ग दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्यो ।

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ ।

ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४ बस्ने मृतक सूचना कार्कीका ४ वर्षीय छाेरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।

दुर्घटना बागलुङको बडीगाड गाउँपालिका–७ मा भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।