बस यस्तै छ जिन्दगी ।

जिन्दगी एउटा रंगमञ्च हो जहाँ सत्य र असत्य बिच सधै दोहोरी चलिरहन्छ । हो त्यही रंगमञ्चको एक पात्र म हु, सङ्घर्ष मेरो पर्याबाचि शब्द हो । जिन्दगी धेरै थोरै बुझेकी छु । यदि परिश्रमको सहि मूल्य मिल्ने थियो भने सायद संसारको सबैभन्दा धनी मानिस म नै हुने थिए यसरी भनि हाल्न पनि नमिल्ला सबैको मिहनतको मुल्य उतिकै हुन्छ । मानिस आफ्नो पाँपी पेटको लागि दिनरात मिहिनेत गरिरहेको हुन्छ । सामान्य मानिस देखि धनी मानिस सम्म आफ्नो पेटको लागि संघर्ष गरिरहेको हुन्छ । संसारको सबैभन्दा पाँपी चिज के हो ? भनेर कसैले प्रश्न ग¥यो भने म सिधै भन्न सक्छु पेट ।

सधै फरासिलो मान्छे म आज खास्सै केहि गर्ने मुड छैन । सायद स्टेसन म्यानेजरको ती अप्रिय शब्दले होला । बस कुर्दा कुर्दै घडीले साढे पाँच बजाइसकेको रहेछ । अफिसबाट ५ बजे निस्कीएकी थिइ तर आधा घण्टा सम्म पनि साझा यातायातको बस आएको थिएन । एतिकैमा रत्नपार्क, टिचिङकान्ती, चक्रपथ, नयाँबसपार्क भन्ने आवाज मेरो कानले स्पर्श ग¥यो अनि अलि अघि सरे ।
त्रीपुरेश्वरको त्यो जाम छिचाल्दै बस अघि बढदै थियो तर मेरो दिमागमा भने अर्कै कुरा खेलिरहेको छ । जागिरको एउटै राम्रो विशेषता छ महिनाको अन्तिम दिनमा अलि अलि कागजी नामक खोस्टा गोजीमा हुन्छ तर काठमाडौँमा जागिरले मात्रै खान बस्न पुग्दैन । ओभरटाइमको स्वरुप दुईओटा अनलाइनमा समाचार लेख्थे । घरतिर कसैले त भनेकै थिए जिवनमा पत्रकारिता नगर्नु भनेर अचाल सहि लाग्छ । इज्जत र कार्यक्रममा फोकटको खाना अनि खाजाहरु चाहिँ खुब दिलाउदो रहेछ पत्रकारिताले ।
आलु, साग, बन्दा प्याज इतयादिको आवाजले मेरो ध्यान भंग ग¥यो अनि सोचे मेरो डेरामा तरकारी चाहिँ के छ ? झल्यास्स याद आयो डेरामा खाना नपकाएको त एक साता पो भयो अनि पर्स चेक गरे पर्समा जम्मा पचास रुपैया छ अब गर्ने के ? स्यालरी आउन अझै दस दिन जति बाँकी छ । अनि जुगाड गर्ने सोचे कोठा पलतिरको गोर्खेले दिदि संग सापटी माग्ने । यति विरक्त लाग्छ जिन्दगी साला सापटी मै चल्न पर्ने । बसको झ्यालबाट बाहिर नियाले रत्नपार्कको जाममा परेको रहेछ । नेपथ्यमा बोद्ध बौद्ध, चाबहेल चाबहेल इतयादि आवाज सुनिरहेको थिए । यस्तैमा मोबाइल भाइबे्रट भएको भान भयो खल्टीबाट मोबाइल निकाले अनि स्क्रीन हेरे अन्तिममा ३६ भएको नम्बर उठाए ।
हेलो
हजुर नमस्कार उताबाट संवाद सुरु भयो
नमस्कार
कता हो हामी ??
म रत्नपार्कको जाममा छु ।
मुस्कान साथ ए ए को उत्तर आयो ।
मैले चिन्ने चेस्ठा गरे । अनि सोधे को बोल्दै हुनुहुन्छ ??
अरुले त संगम मगर भन्छन केरे अब हजुरले के भन्न हुन्छ?? शालिन आवाजमा उत्तर आयो ।
संगम मगर पाल्पाली साथी तर उ चितवन बस्छ । फेसबुकको असल मित्र तर उसले मलाइ माया गर्छ तर डाइरेक्ट भन्न सक्दैन ।
मैले जवाफ फर्काए एनटीसीको नम्बर के भयो र??
एनटीसीलाइ दान गर्न पैसा छैन त्यसैले एनसेल मैया संग सापटी मागेर कल गरेको नि हजुर उ हाँस्दै बोल्यो ।
म जाममा छु अहिले रुममा पुगेपछि कल ब्याक गर्छु भनेर मैले फोन काँटे ।

आखिर प्रेम के हो म सोच्दै छु । संसारको सबैले एकअर्कालाई प्रेम गर्छन नै तर पनि जवानीको प्रेममा पृथक हुदो रहेछ । कुनै बेला मैले नि कसैलाई प्रेम गर्दथे तर त्यो प्रेम टुट्यो । भावीको खेल भनौ अथवा मेरो नै कमजोरी भनौ मैले प्रेम प्राप्त गर्ने सकिन । हरेक कुरामा सकरात्मक र नकरात्मक कुरा सोच्ने मान्छेको प्रेम असफल भएर के भो र सायद जिन्दगीले मलाई अर्कै ठाउँमा दोहोराउछ कि?? पाउनु मात्रै प्रेम होइन गुमाउनु पनि प्रेम हो ।
प्लस टु पढ्न तानसेन छिरेको म डेरा गरेर बस्थे । डेरा नजिकै उसकाे घर थियो । ऊ मेरो जिवनको सम्वाहक थियो । यति माया गर्थे कि उसलाइ संसारको सारा शब्दकोषमा कुनै यस्तो शब्द छैन कि जस्को प्रयोग गरेर म कति माया गर्छु भनेर व्यक्त गर्न सकु । मेरो जिवन मरुभूमि थियो तर जब मेरो जिवनमा उसको आगमन भयो मेरो जिवन हराभरा चौर जस्तै भएको थियो । मैले मेरो मन अनि म संग भएका सारा कुराहरु उसैलाइ सुम्पेको थिए । तर उसको परिवारले हाम्रो माया सहन सकेन किन कि म मामुलि डेरा गरेर नाँच्दै हिड्ने केटि र उ तानसेनको हुनेखाने रैथाने । उसको परिवारले हाम्रो प्रेम देख्न सकेन । हामी छुटिने बेलामा उ बाथरुममा गएर धेरै रोयो सायद केटा मान्छे रोएको सुनेको मैले प्रथम पल्ट थियो । कति अप्रिय हुदो रहेछ छुटिने समय । जिन्दगी पैसा रहेछ क्यारे । उसले आफ्नो परिवारको लागि मलाइ त्याग्यो र म त्यागिन बाध्य भए ।
अचाल जिन्दगीले धेरै लात हानिरएछ अनि सोच्छु यदि उसले मलाई साचिकै माया गर्दथ्यो भने उसले आफ्नो परिवारलाइ त्याग्न सक्थयो । यदि कसैलाई प्रेम गर्छौ भने उसैसगँ जिन्दगी बिताउने सामथ्र्य राख्न सक्नु पर्छ । त्यो माया रहेनछ त्यो हाम्रो आकर्षण मात्रै रहेछ । अनि आफैले आफुलाइ थुक्ने गर्छु । उसको आमाले मलाइ मन नपराउनुको कारण म नाँच्ने केटि भएर पनि होला सायद । अचाल सोच्छु नाँचेर आखिर के पाए ?? फगतको समय बर्बादी र बुवा आमाको गाली । सधै अरुको मनोरञ्जनको साधक मात्रै भए म । बुवा ४५ डिग्रीको घाममा दिदिनै सेकिनुको पिडा बुझ्दै छु ।

यस्तैमा बसको सहचालक बोल्यो दिदि हजुरको झर्ने ठाउँ आयो म झस्किए । अचाल त्यो रुटको सबै सहचालकहरुले मलाइ चिन्छन् । डेरामा छिर्ने बितिकै विस्कुट खोजे तर विस्कुट नि सकिएको रहेछ । छिमेकी दिदिसंग खानको अनुरोध नि गर्न लाज लाग्यो । अनि सोचे जिन्दगी दुखको समिश्रण रहेछ । कहिले काँही भोकै पनि सुत्न पर्छ भन्ने संगमको गफ याद आयो । बस यस्तै चल्दै छ जिन्दगी…

सृष्टि राना मगर
पाल्पा