‘एउटा बिहानी’

रजनी मल्ल,
न्यु जर्शी, अमेरिका । हिउद्को त्यो चिसो बिहानीलाई छिचोल्दै अघि बढिरहेका मेरा ति पाईलाहरु अनायासै बाटोको छेवैमा उभिरहेको त्यो तिखा तिखा कादै काँडाको क्याक्तसको बोट्निर गएर एकछिन अड्किन्छ। त्यो बोट हरबखत जाडोमा मुटु काम्ने चिसो नै किन नहोस्, अनि गर्मीमा टाउको दुख्ने टन्टलापुर घाम नै किन नहोस अनि बशन्तको सुन्दर बिहानी नै किन नहोस हरबखत त्यहाँ उभिरहेकै हुन्छ, तर मलाई त्यसको त्यहाको उपस्थितिको त्यति महत्व थिएन बरु कहिले काही स्कुलको बाटोको छेउमै हुनाले त्यहाँ हिड्ने स साना बाल बालिकाहरुलाई ति तिखा काडाहरुले चोट पुर्यौलान कि भन्ने डर थियो। हुन त त्यो त्यहाँ नजिकैको घरको छेउमै सुन्दरताको लागि हो कि राखेको त्यो मलाई थाहा भएन।

एकदिन म मेरी छोरीलाई स्कुलबाट लिएर आउदै थिए, तापक्रम झन्डै तिस बत्तीस डिग्री फरेन्हाइत को थियो तर उतर दिशाबाट बहेको चिसो हावाले भने तापक्रमलाई झन्डै बिस पचिस डिग्रीको झैँ बनाएको थियो। म हतार हतार छोरीको हात समाउदै चिसोबाट बच्न घरतर्फ लागिरहेकी थिए। भर्खरै स्कुल छुटेको समय र चिसोको कारणले सबैजसो आ आफ्ना बाल बालिकाहरु लिदै हतार हतार हिडिरहेका थिए। त्यतिकैमा मेरो कानमा तोते बोलीमा “मलाई त्यहाँ भित्र बस्न मनलाग्यो त्यहाँ बसेमा मेरो हात चिसो हुदैन। त्यहाँ कस्तो फर छ त्यहाँ न्यानो हुन्छ।ू भनेको आवाज ठोकिन पुग्छ म र मेरी छोरी दुबैले पछाडि फर्केर हेर्यौ। एउटी सानी दुइ तिन बर्षकी बालिका अघि हिडनै नमानी त्यो ठुलो क्याक्टस जुन हेर्दा फ्लपी मसिनो भुवा जस्तो देखिने कादै काडाको बिरुवाको अगाडी उभिरहेकी थिईन्। न्यानो कपडा लगाएनि तिनका पन्जा बिनाका स साना चिसोले राता भएका हातहरुले एउटा पुतली समाइरहेकि थिईन भने टोपी पनि लगाएकी थिइनन् तिनले। तिनी एउटा बुढो मानिस हुन् सक्छ तिनको हजुरबुबा सित आफ्ना दाइलाई लिन आएकी होला र हतार हतारमा आउदा हजुरबुबाले पन्जा टोपी लगाइदिन बिर्सेको हो कि, तिनले लाउन नमानेकी होला। हजुरबुबा भने चिसोले गर्दा छिटो छिटो हिड्नका लागि भनिरहेका थिए। तिनी भने त्यहाँ भित्र गएर बस्ने रे। हजुरबुबाले ूचिसो भएमा पन्जा लगाउने टोपी लगाउने नि त्यहा बस्ने हो तरु त्यो त काँडाको बोट हो, त्यहा बस्दा न्यानो हुदैन बरु काँडाले घोच्छ त्यो फ्लपी होइन।ू तिनी अगाडी जान नै मानिरहेकी थिइनन्। त्यो क्याक्ताशको बोटलाई हेरिरहेकी थिइन्। सबै हतार हतार आफ्नो बाटो तिर लागिरहेका थिए हामी पनि छिटो छिटो घर तर्फ लाग्यौ। मेरी सात बर्षकी छोरीले प्रश्न गरिन् ूममी तिनले किन त्यो क्याक्तसको बोटलाई फ्लपी ९भुवादार० भनेकी त्यो त् काडा हो त्।ू ।मैले भने ूतिनी सानै छिन् अहिले बिस्तारै सिक्छिंन् नि। तिनलाई लागेको होला तिनको भुवादारी लुगा जस्तै त्यो बोट पनि टाढाबाट हेर्दा तिनको काडा भुवा जस्तै देखिन्छ नि त् १ छोएर हेरेपछि मात्रै थाहा पाउछ। तिनी ठुली भएपछी सिक्छिन सबै कुरा, अहिले त् भर्खर भर्खरै बोल्न सिकेकी छिन्। सबै कुराहरु बिस्तारै सिक्छिंन् अनि थाहा पाउछिन्। तिमीले पनि त नया नया कुराहरु दिनदिनै सिक्छौ त्यस्तै त् हो।ू भने मैले।

साँझपख खाना बनाइरहदा मलाई ति सानी बालिकाको तिनले गरेको निर्दोष चाहना अनि प्रश्नले भने कता कता हासो को साथै रमाइलो पनि लाग्यो र खुल्दुली पनि लाग्यो कि ति अबोध बालिका भबिस्यमा गएर के बन्लिन होला भनेर, तर जे होस् मलाई भने त्यस्तो चिसोमा टोपी पन्जा नलगाइकन हिडिरहेकी सम्झेर माया पनि लाग्यो। कति निष्कपट निर्दोष निश्छल छन् बाल बालिकाहरु भनेको। मेरो मन मस्तिस्कमा लामो समयसम्म ति सानी बालिकाको ति निर्दोष निश्छल तोते बोलिका शब्दहरु गुन्जिरह्यो। अहिले सम्म पनि मलाई कतै क्याक्ताशको बोट देख्यो कि त्यो दिनको मीठो सम्झना दिलाउँछ।

तर जे होस् पछि गएर तिनै बाल बालिकाहरु ठुला भए पछी कोहि बैज्ञानिक कोहि डाक्टर कोहि इन्जीनियर कोहि के कोहि के बन्ने छन्। कस्तो कौतहलता पूर्ण छ कहिले काहि यो वर्तमान, भबिस्यको त्यो जिज्ञाशाको खोजीमा।।।।

रजनी मल्ल