अमेरिकी बिमा कम्पनी मेटलाइफको अध्यक्ष र सीईओमा खलफ नियुक्त

पुस २७, न्यूयोर्क (अमेरिका) । अमेरिकी बिमा कम्पनी मेटलाइफ इङ्कले माइकल ए. खलफलाई कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

खलफले सेवा निवृत्त हुन लागेका अध्यक्ष र सीईओ स्टिभन ए केन्डारियनलाई विस्थापित गर्नेछन् । सन् २०११ यता कम्पनीको यूरोप, मध्य पूर्व र अफ्रिकी व्यवसायका अध्यक्षका रुपमा रहँदै आएका खलफलाई सन् २०११ को जुलाईमा अमेरिकी व्यवसायको जिम्मा समेत दिइएको थियो । खलफले मे १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछन् । केन्डारियनको सेवा अवधि अप्रिल ३० मा सकिदैंछ । केन्दारियनको सेवानिवृत्ति पछि मेटलाइफका वर्तमान स्वतन्त्र निर्देशक ग्लेन हबबार्ड कम्पनीको गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । एजेन्सी