सिन्धु वेलफेयर द्धारा तीन जना बालबालिकालाई लिइने

संस्थाको मूल उद्देश्य “जीवन नै शिक्षा “ लिएर हालसम्म दर्जनौं बाल बालिकाहरुलाई काठमाडौं स्थित निजी विद्यालयमा बस्न र शिक्षा दिदै आइरहेको छ|गत वर्षमा केही विधार्थीहरुले माध्यमिक शिक्षा हासिल गरि कलेज अध्ययन गरेका छन् भने ,बाँकी 8 जना बालबालिका अझै पनि प्राथमिक निम्न र माध्यमिक स्तरमा अध्ययन गरेका छन्| उक्त बच्चाहरूको पालन पाठनको खर्च न्युयोर्क केही व्यक्तिगतरुपमा दयालु महानुभावहरुबाट त केही रकम संकलनको कार्यक्रम हरु बाट पुरा गर्दै आएको छ|यसरी मानवीय सेवा का साथ अब आउने दिनहरुमा अझ थप बालबालिकालाई सेवा पुराउने उद्देश्यले अब आउने वर्ष शैक्षिक सत्र बैशाखमा तीन जना बालबालिकालाई लिइने निर्णय गरिएको हुँदा इच्छुक सिन्धुपाल्चोक बासीका बासिन्दाले कुनैपनि त्यस्ता बच्चा हाम्रो संस्थाको मापदण्ड भित्र पर्ने लाई संस्थाको इमेलमार्फत निवेदन दिन सकिनेछ | साथै संस्थाबाट गरिने यी मानवीय कार्य, सहि व्यक्तिले पाउन् भन्ने उद्देश्यले छानविन समिति गठन गरिएको हुँदा निम्न व्यक्तिहरु समितिमा रहेको जानकारी गराउदछौ |
छानबिन समितिका सदस्यहरु:
कार्यसमिति बाट:
1,प्रथम उपाध्यक्ष श्रीमती लक्ष्मी शेर्पा
2, प्रवक्ता श्री कर्ण बहादुर श्रेष्ठ
3,महिला तथा बालबालिका संयोजक:सुश्री रजिना लामा.
सल्लाहकार समिति बाट : 1, श्री ज्ञानल थापा
2, श्री छिरिङ् शेर्पा
Sponsors हरुबाट: 1, श्री तेम्बा नुर्बु शेर्पा
2, श्री काजी शेर्पा
निवेदनको लागि मापदण्डहरू :
1, मापदण्ड : बच्चा जसले आमा बुबा दुबै गुमाइसकेका र कमजोर आर्थिक अवस्था ।
2, मापदण्ड : बच्चा जसले एक अभिभावक गुमाइसकेका र कमजोर आर्थिक अवस्था ।
3, मापदण्ड: दुवै अभिभावकहरू अशक्त छन्, र आर्थिक रूपमा कमजोर छन्।

सबै स्थितिलाई स्थानीय सरकारी कार्यालयको साथ प्रमाणित गर्न आवश्यक र दुई स्थानीय छिमेकीको पत्र आवश्यक छ। नेपाल वा संयुक्त राज्य अमेरिकाबाट।
इमेल : Sindhuusa2010@gmail.com