एनआरएनएअमेरिकासगं सहकार्य गर्दै हिँड्ने : सुबेदी

नेपाल
न्यु योर्क
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा नेपाली काँग्रेसका महासमिति सदस्य विष्णु सुबेदीको आयोजनामा यही जनवरी ११ तरिकाको दिन न्युयोर्कमा आयोजित रात्रि भोजमा एनआरएनए अमेरिका तथा जनसम्पर्क समितिका विभिन्न पदाधिकारीहरूको बाक्लो उपस्थििती रहेको थियो ।

सो कार्यक्रममा बोल्दै पूर्व संयोजक सुबेदीले विगतमा पनि एनआरएनएएसगं हातेमालो गर्दे हिँडेको र आगामी दिनमा पनि सँगै सहकार्य गर्दै हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआरएनएसगं सहयोगी तथा जिम्मेवारीपूर्ण भूमिका निभाएका थियौ त्यो भूमिका भोलिको दिनमा पनि अवश्य हुने बताउँदै सुबेदीले प्रजातान्ञिक बिचार बोकेका व्यक्तिहरूलाई एनआरएनए अमेरिकाको निर्वाचनमा सहयोग गरौँ भन्दै उपस्थित सबैले धन्यवाद व्यक्त गरेका थिए ।

सो कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेललेएनआरएनए को नेतृत्व लिनका लागी तेती सहज नभएको बताउँदै घरपरिवारलाई दिने तथा आफ्नो कामको समय कटाएर एनआरएनमा लाग्नु पर्ने हुँदा तेती सहज नहुन सक्छ त्यसलाई पहिले ख्याल गरेर मात्र एनआरएन अमेरिकाको नेतृत्व लिन तयार हुन आग्रह गरे । नेतृत्वमा पुग्नका लागी आफूले केही लिन भन्दा पनि दिनका लागी जाने हो भन्ने मनसाय राखेर मात्र लागौ भन्ने सुझाव समेत सो अबश्रमा अध्यक्ष पौडेलले व्यक्त गरेका छन् ।
त्यसै गरी सो कार्यक्रममा एनआरएन उत्तर अमेरिका क्षेत्रीय उप संयोजक नवीन शेरचन,नेपाली जनसम्पर्क समितिका सङ्गठन विभाग प्रमुख वेद खरेल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला लगायतका ब्यक्तीहरुले अ आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यकार्यक्रमा एनआरएन अमेरिकाका बिभिन्न पदाधिकारीहरूको उपस्थििती रहेको थियो ।