अमर नेम्बाड० लिम्बू पुरस्कार प्रदान गरिने

अमर नेम्बाड० लिम्बू स्मृति ट्रष्टले यसबर्षदेखि अमर नेम्बाड० लिम्बूकाे स्मृतिमा साहित्य पुरस्कार प्रदान गर्ने भएकाे छ । एकलाख राशिकाे उक्त पुरस्कार यसबर्ष साहित्य क्षेत्रका दुई श्रष्टाहरु उपन्यासकार, अनुसन्धानकर्ता, नाटककार डा. देवि क्षेत्रि दुलाल र कवि, समालाेचक मुनाराज शेर्मालाई प्रदान गरिने भएकाे जानकारि ट्रष्टका अध्यक्ष एवं नेम्बाड०का जेठा छाेरा मुनिन्द्र नेम्बाड०ले जानकारि गराए । माघ २६ गते स्वर्गीय नेम्बाड०काे स्मृति दिवसकाे दिन पारेर साे पुरस्कार पाैवासार्ताप गाउँ स्थित उहाँकाे जन्म घरमा अाैपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ । साेहि कार्यक्रममा ट्रष्टले पाैवासार्ताप स्थित श्री फक्ताड०लुड० अाधारभुत बिध्यालय मालिड०गेलाई बिध्यालय सन्चालनकाे लागि रु पचासहजार प्रदान गर्ने र अर्काे बर्ष देखि याे क्षेत्रलाई पनि निरन्तरता दिने बताए ।

काे हुन पुरस्कृत डा. दुलाल
पाँचथर लुड०रुपामा बाबू सनमान दुलाल र अामा लीलादेबीकाे काेखबाट २०२८ सालमा जन्मिएर राजनीतिशास्त्रमा पिएचडी गरेका डा. देबि क्षेत्रि दुलाल हाल इलाममा बसेर साहित्य सिर्जनामा कृयाशिल छन उनकाे साहस- नाटक २०५१ । २. रङ्गधाेजी – उपन्यास २०६० । ३. सेताे परेवा- एकाङ्की-२०५५। ४. विकासकाे जरा ईलाम-२०६६। ५. नाटक अनाटक- नाटक २०६६। ६. नेपाली छापामा राजनीतिक परभाब -२०६७। ७. म मरेकाे रात र बाचेका दिनहरु- कविता २०६८। ८. डा, बाबुराम भट्टराई – जिवनी/ कृतित्व २०६८ । ९. पाँचथर काे इतिहास -२०६७ । १०. इलामकाे चिया पर्यटन-२०७१ । ११. पाथीभरा – कथाेपन्यास-२०७२। १२. कथाकार काजीमान कन्दङ्वा र विष्णु नबीनकाे कथाकारिता- समालाेचना २०७४ । १३. घरफर्क – उपन्यास २०७३ । १४. सुदुर पुर्वका नाटककार र नाटक- समालोचना २०७४ । १५. काले दमाई – नाटक २०७६ । १६. रत्न बान्तवाका दुर्लभ सिर्जना र समालेचना २०७६ । १७. द्रष्टाकाे दृष्टिमा अमर नेम्बाड० लिम्बुका सम्झनाका तरेलिहरु सम्पादन/समालाेचना २०६६ । १८. अाफ्नै अाँखामा मेराे बाल्यकाल २०७० लगायतका थुप्रै पुस्तकहरु प्रकाशित छन । डा. दुलाल तिब्र गतिमा शशक्त रचना गर्ने साहित्यकारमा दरिन्छन ।

काे हुन पुरस्कृत कवि शेर्मा
लामाे समयदेखि साहित्य कर्ममा क्रियाशिल मुनाराज शेर्मा मुलत कवि हुन । बाबू नारायणप्रसाद शेर्मा र अामा धनमाया राइकाे काेखबाट २०२४ साल जेठ ३ गते हालकाे बुद्धशान्ति ३ बर्ने झापामा जन्मेका हुन । कविता क्षेत्रमा छुट्टै उचाई निर्माण गर्न सफल उनकाे शब्दहरुकाे याक्शा नामक कविता संग्रह प्रकाशित छ । कविता लगायत समालाेचना क्षेत्रमा पनि अब्बल मानिने शेर्मा झापा बुधबारेमा शिक्षण पेशामा संलग्न छन ।

काे थिए स्व. नेम्बाड०
अमर नेम्बाड० लिम्बू साबिक पाैवासार्ताप हालकाे फाल्गुन्नद गापा ३ मा बाजे मनप्रसाद(हर्कबाेलि) नेम्बाड०का कान्छा छाेरा पिता प्रतापि सुब्बा नयेन्द्रराज(नरबीर) नेम्बाड० र माता श्रीहाड०मा थाम्सुहाड०काे माहिला छाेराका रुपमा बि. सं. १९९८ सालमा जन्म लिएका हुन । उहाँले गाउँघरकै स्कुल मनरत्न मिडिल स्कुलबाट शिक्षा प्रारम्भगरि दार्जिलिड०हुँदै त्रिभुवन युनिभर्सिटीबाट अध्ययन पूरा गरे । अध्ययन पूरा गरेपछि सुखसुविधा, जागिर, शहरकाे जीवन त्यागी गाउँघरकाे सेवामा समर्पित रहे । याे क्रम जिवनकाे अन्त सम्म कायम रह्याे । बीस. २०३३ सालमा छिमेकि गाउँ पन्चायत चिलिड०दिनकाे जनपक्षिय नेपाली कांग्रेसकाे तर्फबाट निर्बिराेध प्रधानपन्चमा भएपछि पाैवासार्तापकाे ०३९, ०४४, बहुदलकालमा ०४९, ०५४ र गणतन्त्र कालमा फाल्गुनन्द गापाकाे प्रथम अध्यक्ष ०७४ मा निर्बाचित भएर काम गरे । उहाँ अाफ्नाे जिवनभरि अविजित रहे । तीनवटै ब्यवस्थामा गाउँपन्चायत, गाबिस, गापा चलाउने एकमात्र ब्यक्ति पनि कहलिए । अन्तमा गापा अध्यक्ष कार्यरत रहेकै बेलामा साेहि गापाकाे एक कार्यक्रममा सम्बाेधन गर्दै गर्दा हर्ट फेल भइ उपचारार्थ लाँदै गर्दा बाटैमा उहाँकाे निधन भयाे । उहाँका श्रिमति चन्द्रकला थाड०देन, तीन छाेरा मुनिन्द्र, सुनिन्द्र, गुनिन्द्र, एक छाेरि इन्दिरा लगायत नातानातीनाहरु छन ।

पाँचथर जिल्लामा बिद्वान मानिने उहाँ नेपालभित्रका लिम्बुहरु मध्ये पहिलाे स्नातकाेत्तर अध्ययन पूरा गर्ने तथा समग्रमा पाँचथर जिल्लाकै पहिलाे मानिन्छन । साहित्यमा छुट्टै स्थान बनाएका नेम्बाड०काे अमेरिका भ्रमणका सम्झना नियात्रा पुस्तक, संझनाका तरेलिहरु निबन्ध पुस्तक र एकसाँझकाे अवसान नामक कविता संग्रह प्रकाशित छन । यसबाहेक उहाँकाे थुप्रै लेख रचनाहरु प्रकाशित छन ।

कविता, निबन्धमा गाउँघरलाई केन्द्रमा राखेर लेख्नुहुने उहाँकाे कृतिमा गाउँघरकाे अत्यन्त सजिव चित्रण पाइन्छ । सम्झनाका तरेलिहरु नामक निबन्ध पुस्तकलाई समालाेचकहरुले गाउँघरकाे माैलिक साैन्दर्य, प्रकृति पर्यावरणीय लेखन, किनारिकृतहरुकाे कथाव्यथा गाथाकाे एक उत्कृष्ट दस्तावेज मानेका छन । सरल सरस पारामा लेख्ने नेम्बाड०काे शैली पाठकहरुमाझ निकै लाेकप्रिय छ । राजनीतिमा हाेस या साहित्यमा उहाँकाे केन्द्र गाउँघर थियाे भन्ने देखिन्छ । गाउँघरकाे जनता थियाे । तेसैले सम्पुर्ण जीवन गाउँघरमै बिताएकाे पाइन्छ