भगवती बजार माघे संक्रान्ति मेला सम्पन्न

मनोहरि पौडेल ।
पोखरा ३ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा माघ १ गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला सम्पन्न भएको छ ।
आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’ मा आयोजना गरीएको मादी गाँउ पालिका स्तरीय भलिवल प्रतियोगितामा जुरे भुमि युवा क्लव तप्राङ प्रथम हुदै नगद ५० हजार जितेको छ भने प्रतियोगितामा मिलन युवा क्लव याङजाकोट द्वितीय हुदै नगद ३० हजार प्राप्त गरेको छ । मेलामा जारी छेलो हान्ने प्रतियोगितामा लम्मजुङका सुवाश विश्वकर्मा प्रथम हुदै नगद १० हजार रूपिया प्राप्त गरेका छन भने द्वितीय हुदै भाचोकका किसान गुरूङले नगद ५ हजार प्राप्त गरेका छन् ।
बरालडाँडा युवा क्लवका अध्यक्ष रतन गुरूङको अध्यक्षतामा भएको उक्त मेलाको वयोवृध्द समाजसेवी भक्त वहादुर गुरूङले उद्वघाटन गरेको थिए । अभिषेक कार्कीले सन्चालन गरेको कार्यक्रममा शिक्षाविद कृष्ण कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सल्हाकार ईन्द्र प्रसाद गुरूङ बरालडाँडा तमु समाज पोखरा १२ का अध्यक्ष क्याँ ढोल वहादुर गुरुङ मादी गाउपालिका ११ का वडा अध्यक्ष मित्र वहादुर गुरूङ लगायतले बोलेका थिए ।
मेलामा लोकदोहोरी गायक प्रजापति पराजुली लगायत बिभिन्न गायक गायिकाहरूले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने तरेली सांस्कृतिक परिवारको उत्कृष्ट नृत्य प्रद्रर्शन र विभिन्न भजन चुड्का, सोरठी, घाटु नृत्य समेत देखाईएको थियो । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार र वृहद प्रर्दशनी भएको थियो । “भगवती बजार जाऔं,माघे संक्रान्ति मेला भब्य रुपमा मनाऔं,मौलिक सस्कृतिको जगेर्ना गरौ” भन्ने नाराका साथ व्यवस्थित रुपमा मेला सम्पन्न भएको थियो ।