आकासमै सन्तान जन्मिएपछि विमानको आकस्मिक अवतरण

एएनआइ,कलकत्ता । मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहेका समय एक थाई महिलालाई बच्चा जन्मिएको छ ।ती यात्रुले विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेका बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीले एएनआईलाई भने, “दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन क्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३:०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ ।

“विमान सुरक्षित अवतरण गरेको छ भने सम्बन्धित व्यक्तिलाई चिकित्सक र विमानस्थल टोलीले आवश्यक सहयोग गरिरहेका छन् ।”तस्बीर : एएनआइ/ट्वीटर