अन्तिम पत्र ।

प्रिय सृष्टि
अमित समझना अनि मुटुभरी माया ।

जिन्दगी एउटा रंगमन्च हो जहाँ सत्य र असत्यको दोहोरी चलिरहन्छ यहि भन्थेउ नि तिमीले हो त्यही रङ्गमन्चको पात्र हामी पनि हौ जहाँ सत्य र असत्यको दोहोरी चलेन तर केही असमझदारीको कारण पात्रहरु अलग मात्रै भएका हौ । पात्रहरु अलग भएर के भयो र?? मुटुमा माया भएसी । पाउनु मात्रै माया होइन गुमाउनु पनि माया हो ।

निडर,शहासी, आत्मविश्वासी यस्तै शब्दको पर्यायवाची हौ तिमी । तिम्रो त्यो फरासिलो स्वभावको त म फ्यान नै हु । जिन्दगी बाच्नको लागि कति सङ्घर्ष गर्न पर्छ भन्ने कुरा कति मजाले सिकाएर गयौ तिमी । काठमाडौंको त्यो वातावरणको बारेमा मलाई कति छिटो अवगत गरायौ तिमीले ।

संसारका सारा मानिसहरु आ-आफ्नै जिवनका कलाकार हुन । तिमी हिट कलाकार हौ अनि म भर्खर सिक्दै गरेको एक पात्र । त्यो पात्र जसलाई निश्चल माया गर्न आउथ्यो अनि सिक्दै थिए जिन्दगी बाच्ने तरिकाहरु स्टारबाट तर हिट कलाकारले झिनो पात्रको वास्ता गरेन । भर्खर हिड्न सिक्दै गरेको बालकको हात छडेउ तिमीले । गर्वबाटै फ्याकेउ तिमीले मलाई ।

थाहा छ सृष्टि अचाल म सधै खाना खान्छु पहिले जस्तो चाउमिनमा छाक तार्दिन । तिम्रो त्यो खिचदी वाला आइडिया फलो गर्छु । तिम्रो यादमा बसमा सफर गर्छु । मलाई मन नपर्ने करेला अचाल साप्ताहिक रुपमा सेवन गर्छु । तिमी जस्तै आत्मविश्वासी अनि निडर बन्ने प्रयास गर्छु अचाल । तिमीले सिकाएका हरेक कुराको अनुसरण गर्छु । तर तिम्रा यादहरुले घरी घरी बाटो छेक्छन । बाहिर राम्रो देखिए पनि भित्र यति ध्वस्त भएको छु कि सृष्टि उठ्न अझै दशक लाग्छ होला । तिम्रो यादहरु मेरो शरिरको हरेक अङ्गमा छन । मेरो जिवनको हरेक पातोमा तिमी मिसिएकी छौ । यादहरु शिलालेख जस्तै हुदा रहेछन जति पुरानो हुँदै गयो त्यति महत्त्व बढदै जाने ।

आज तिम्रो लागि यो पत्र लेख्दै गर्दा मेरा औलाहरुले भ्याउ पाइरहेका छैनन । कुन शब्द लेखु कहाँ लेखु भन्ने कुरा पत्तो पाइरहेका छैनन ।

आखिर के कारण हाम्रो सम्बन्धको द इन्ड भयो भन्ने कुरामा अझै पनि छक्क परिरहेको छु । खास्सै ठूलो गल्ती गरे जस्तो लाग्दैन मलाई । गाउँ गएको थिए दिदिको बिहेमा । गाउँमा नेटवर्कको समस्या हुन्छ भन्ने तिमीलाई थाहा थियो कन्ट्याक्ट्मा आउन सकिन अनि तानसेन आए दाइको बिहेको चटारो थियो समय दिन सकिन यति कुरामा तिमी रुष्ट भयौ । तिमीलाई रिसेप्सन पार्टिमा आउने निम्तो एक महिना अघि नै दिएको थिए तिमी आउने पक्का पक्की भैसकेको थियो तर अन्तिममा तिमीले मलाई नै लत्यायौ । आवेगमा मैले तिमीलाई जलाउने हेतुले फेसबुकमा बहिनीको फोटो अप्लोड गरे । फोटोमा अनेक कमेन्ट आए अनि तिमीले मलाई ब्लक गर्‍यौ । तिमीले समस्याको जड सम्म जाने इच्या जाहेर गरेनौ । हो मैले गल्ती गरेको हो तर त्यति ठूलो गल्ती गरेको जस्तो लाग्दैन मलाई कि यति ठूलो सजाय दिदैछौ । संसारमा त्यो मान्छे महान हुन्छ जसले गल्तीहरु माफ गरिदिन्छ । तिमीले त मलाई जन्मकैदको सजाय दिएर गएका छौ । सजाय भोग्न म तयार छु ।

अब जे हुने भैसक्यो बितेका समयलाई फर्काउन सकिन्न तर यो सास रहुन्जेल सम्म तिमीलाई याद गरिरहने छु । तिमी आफै जान्ने छौ बुझ्नेछौ मले तिमीलाई सिकाइराख्न पर्दैन तर एकदुईओटा कुराको ख्याल गर्नु । फरासिलो हुनुपर्छ सृष्टि तर त्यति धेरै फरासिलो पनि नहुनु कि तपाइको त्यो फरासिलो पनको फाईदा उठाओस । समाचार वाचन गर्दा कहिले नर्भस नहुनु । पत्रकारिता गर्दा आफ्नो ज्यानको पनि ख्याल गर्नु । राजनितीमा त्यति धेरै नहोमिनु । अब मेरो जिवनमा फर्केर आउदैनौ थाहा छ तर कमसेकम मेरो घाउमा नुन हाल्ने काम पनि नगर्नु ।
अन्तिममा :
मुटुमा छुरा रोपि बिस्मातको खुसी दिई बालुवाको घर ठडाएर गयौ तिमी !
भन्दै थिए बालुवाको घर बलियो हुदैन भनेर तर महलको सपना देखाएर गयौ तिमी !!

उहीँ तिम्रो फकिर कैदी
मिजास मगर

पवन खाम्चा मगर
तानसेन पाल्पा