विश्वराज बास्तोलालाई न्यु योर्क राज्यको बिधानसभासदको सम्मान ।

न्यु योर्क
मानव अधिकारको रक्षा गर्दै समुदायमा निस्स्वार्थ रूपले समाज सुधारका कामहरू र संयुक्त राज्य अमेरिका र नेपाल बिचको पुलको रूपमा सांस्कृतिक कार्यक्रमहरू गरेकोमा विश्वराज बास्तोलालाई न्यु योर्क राज्यको बिधानसभासद माइकल मोन्टेसानोले फेब्रुअरी ९, २०२०मा सम्मान गरे । नेपाली जनसम्पर्क समिति लङ्ग आईल्याण्ड शाखाको हिक्सभिलमा आयोजित रक्तदान कार्यक्रममै बिधानसभासदले बास्तोलालाई सम्मान पत्र प्रदान गरेका हुन ।  
      ५० जनाले रक्तदान गरेको उक्त कार्यक्रममा बास्तोलाले २३औ पटक रक्तदान गरेका थिए । बास्तोलाका पाँचै जना परिवार सदस्यहरू रक्तदाता हुन । बास्तोला नेपाली जनसम्पर्क समिति लङ्ग आईल्याण्ड शाखाको अध्यक्ष छन् । उनी हेमजा वेलफेयर सोसाइटी, र नेपाली बहिरा कल्याणकारी समाज जस्ता संस्थाहरूको सल्लाहकार समेत छन् ।