प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

माघ २८, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा मंगलवारबाट लागू हुने गरी ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

अपरान्ह दिउँसो बसेको नेपाल सरकार,मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको हो । विसं २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली पाँच महीनासम्म प्रहरी महानिरीक्षकको कुर्सीमा रहने बुझिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि मंगलवारदेखि सकिएको छ ।