अमेरिकामाथि नेपालको जित, अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई दियो बधाई

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले २ विकेट लिए । अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।

यसै विच नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज बुधबार कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्याीन्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, तथा अन्य सम्बन्धितहरूसँग भेटघाट गरेको दूतावासले जानकारी दिएको छ।

सो अवसरमा दुबै टिमले राजदूत बेरीलाई आफ्नो टिमको जर्सी उपहारस्वरूप दिएका थिए। ‘अमेरिकी टिमलाई यो एकदिवसीय ऋंखलामा सहभागिताको लागि बधाई साथै भविष्यका खेलहरूको लागि शुभकामना। नेपाली टिमलाई शानदार जीतको लागि बधाई,’ दूतावासले जनाएको छ।